साउन १३, २०७८, बुधबार
               

१०९ वर्ष अगाडि डुबेको टाइटानिकको बारेमा पाँच भ्रम र सत्य

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

टाइटानिक जहाज दुर्घटना भएको १०९ वर्ष पुरा भएको छ । जहाज १९१२ मा ईग्ङगल्यान्डको साउथम्याम्प्टनबाट अमेरिकाको न्यूयोर्कतर्फ जाँदै गर्दा बाटोमै एक विशाल ‘आईसवर्ग’मा ठोक्कियो । त्यसको अढाई घण्टापछि जहाज आन्द्र महासागरमा डुब्यो । सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने सो जहाज दुर्घटनामा १५ सय १७ जनाको मृत्यु भयो ।

टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महँगो पानीजहाज थियो ।  यसबारेमा कैयन मिथक र कथा छन् । र धेरैजसो मानिसहरूको जानकारी ऐतिहासिक तथ्यमा नभएर यसबारेमा बनेको चलचित्रमा आधारित छन् । फिल्म टाइटानिक त्यस्तो रहस्यमय कथा थियो, जसको कारण यो सधैँ चर्चामा रह्यो । 

फिल्मको अन्त एक दर्दनाक अन्त्यको साथ हुन्छ जसमा प्रेमीले प्रेमिकालाई बचाउन आफ्नो जीवन दिन्छन् र प्रेमिकाले उनको सम्पूर्ण जीवन सम्झनाहरूको साथ खर्च गर्दछ । जेम्स क्यामरुनले डिक्राप्रियो र केट विन्सलेटको रूपमा प्रेमको अनुपम कथा प्रस्तुत गरेका छन् । १९१२ वर्ष अगाडि टाइटानिक नामको जहाज आफ्नो पूर्ण वेगमा थियो र अगाडि बढ्यो । ठुलो हिउँको पहाडमा दुर्घटनाग्रस्त भयो । जहाज अटलान्टिक महासागरमा साढे दुई घण्टा पछि डुब्यो । फिल्म टाइटैनिक यस घटनामा आधारित छ ।

टाइटानिकको डुब्नुभन्दा केही घण्टा पहिले वास्तवमै के भयो भन्ने बारेमा थुप्रै मिथ्या र कथाहरू छन् । र अधिकांश व्यक्तिको जानकारी ऐतिहासिक तथ्यहरू होइन तर यस घटनामा बनेका फिल्महरूका परिणामहरू हुन् ।

टाइटानिक फिल्म १९९७ मा अर्थात् आजभन्दा २४ बर्सभन्दा पहिलो मात्र बनेको हो । जहाज दुर्घटनाको ८५ वउषपछि अमेरिकी जेम्स क्यामरुनको निर्देशन अनुसार बनाइएको हो । फिल्म सन् २०१२ मा थ्रिडी एनिमेसनका साथ पुनः रिलिज भयो, अप्रिल १४ को घटनालाई सम्झाउन । टाइटेनिकको रहस्यमय डुबान कारणले यसमा धेरै फिल्महरू, वृत्तचित्रहरू र थुप्रै कथाहरू बनेका छन् ।

टायटानिकको बारेमा पाँच वटा सामान्य प्रचलित मिथ्याहरू हेरौँ

जुन जहाज डुब्नै सक्ने थिएन

टाइटानिक एउटा यस्तो जहाज थियो जसलाई ‘द अनसिंकेबल’ अर्थात् कहिल्यै नडुब्ने जहाजको संज्ञा दिइएको थियो । जहाज निर्माता कम्पनी व्हाइट स्टार लाइन कम्पनीले भनेको थियो ‘टाइटानिक डुब्न सक्दैन । ’ टायटानिक फिल्ममा नायिका रोजकी आमा दक्षिण इंगल्यान्डको एउटा सहर साउथह्याम्प्टनको बन्दरगाहमा उभिरहेको जहाजलाई हेरिरहेकी थिइन । उनी भन्छिन्, ‘त्यसो भए यो डुब्न असम्भव छ भनेर भनिने जहाज हो ।’

तर लन्डनको किंगस् कलेजका रिकर्ड होवल्स भन्छन् कि यो सम्भवतः टाइटानिकको बारेमा सबभन्दा ठूलो मान्यता हो । 

उनी भन्छन्, ‘व्यक्तिहरूले केही पनि बुझ्न सक्दछन् र त्यस्तै मिथक कथाले कथन गर्न पर्याप्त छ, तर जहाजको मालिक कम्पनी, ह्वाइट स्टार लाइनले यस्तो दाबी कहिल्यै गरेन, र वास्तवमा यसको डुबिएसम्म । कसैले पनि त्यस्तो कुरा लेखेका थिएनन् ।’

ब्यान्डको अन्तिम गीत

विभिन्न टायटानिक फिल्महरूको एक यादगार दृश्यमा, ब्यान्ड जहाजको डुब्ने समयमा यात्रुहरूको मनोबल राख्न सङ्गीत बजाइरहेको देखिन्छ । ब्यान्डले अन्तिम क्षणमा ‘नियर माई गड, टु दी’ भन्दै प्रार्थना गीत बजाएको देखिन्छ । चलचित्रका अनुसार दुर्घटनामा यी खेलाडी मध्ये कुनै पनि बाँचेन ।

ब्रिटिस फिल्म इन्स्टिच्युटका अभिलेखालय क्युरेटर साइमन म्याकुलम भन्छन् कि यो ब्यान्डको अन्तिम गीत कुन थियो भनेर बहसको विषय हो ।

उनी भन्छन् ‘केही प्रत्यक्षदर्शीका अनुसार ब्यान्डले साहस बढाउनको लागि लोकप्रिय सङ्गीत धुनहरू बजाइरहेको थियो । अन्तिम धुन कुन थियो भनेर हामी कहिले पनि पत्ता लगाउन सकेनौँ । किनकि ती सातै जना बाधकको निधन भएको थियो ।’

क्यामरुनको फिल्मका सल्लाहकार र टाइटानिक हिस्टोरिकल सोसाइटीका सदस्यका रूपमा काम गर्ने पाल लाउदेन–ब्राउनले भनेका थिए, १९५८ को को फिल्म ‘ए नाइट टु रिमेम्बर’ को रचनाकारको दृश्य यति राम्रो थियो कि निर्देशकले यसलाई दोहोर्‍याउने निर्णय गरे ।

सङ्ग्रहालयमा राखिएको टाइटानिक जहाजको नमुना

क्याप्टेन स्मिथको मृत्यु

टिटानिक जहाजका मुख्य चालक क्याप्टेन थिए एडवर्ड जे स्मिथ । फिल्ममा  स्मिथको अन्तिम क्षणहरूको बारेमा थोरै जानकारी पनि छ । यद्यपि उनी नायकको रूपमा देखिन्छन्, हिमशिलाको चेतावनीलाई बेवास्ता गर्दै र जहाजको गति कम नगरे पनि ।

उनको फिल्ममा देखाइएको छवि राम्रो नभएको लाउदेन–ब्राउन स्विकार्छन् । किनकि उसलाई थाहा थियो कि जहाजमा कति जना मानिस थिए र कति जना लाइफबोटहरू थिए । तैपनि उनले वास्ता गरेनन् । जहाजमा पुरै पानी डुब्ने बेलासम्म बेवास्ता गरे ।

टाइटानिक जहाजका क्याप्टेन स्मिथ कहाँ गायब भए, कसैलाई थाहा छैन ।

उनले बताए कि पहिलो लाइफ बोटमा २७ जना मात्र पठाइएको थियो, जबकि ६५ जना मानिस त्यहाँ जान सक्थे । धेरै लाइफबोटहरू आधा  खाली पठाइएको थियो । जुन बाँकी यात्रुहरू लिन फिर्ता आएनन् ।

लाउदेन–ब्राउन अझै भन्छन्, ‘जे भयो त्यसका लागि स्मिथ मात्र जिम्मेवार छन् ।’ 

कप्तानले सवारहरूलाई जहाज छोड्नको लागि साधारण आदेश दिए । उनले भने कि टाइटानिक खतरामा छ । आपतकालको स्थितिमा त्यहाँ निकासी योजना थिएन । तर कसैलाई थाहा भएन की क्याप्टेन स्मिथ जहाजबाट कसरी गायब भए । लन्डनमा राष्ट्रिय समुद्री सङ्ग्रहालयका जोन ग्रेभ्स पनि स्विकार्छन् कि स्मिथ त्यस रात कता हराए भनेर कसैलाई थाहा छैन ।

 

‘खलनायक’ जहाज मालिक

टाईटानिक बनाउने कम्पनीका मालिक जय ब्रुसको बारेमा धेरै कथाहरू छन् । ती सबैले उसको तथाकथित डरपोकको बारेमा छन् । कसरी उनले महिला, बच्चा, सहयात्रीहरूलाई बचाउनु अघि आफ्नो जीवन बचाउन लाइफ बोटमा सवार भए ।

टाइटनिकट हिस्टोरिकल सोसाइटीका उपाध्यक्ष, पाल लोडेन–ब्राउन भन्छन् कि यी आरोपहरूको पछाडि यस र प्रख्यात अमेरिकी अखबारका मालिक विलियम रान्डल्फ हर्स्टबीच पुरानो दुस्मनी हुन सक्छ ।

हर्स्टको अखबारमा, एउटा सूचीमा मरेका मानिसहरूको नाम थियो । बाँकी सूचीमा बाँचेकाहरूको सूचीमा मात्र उसको नाम थियो । यस कारणले गर्दा अमेरिकामा धेरै खलल भयो ।

तर लाउदेन–ब्राउन, टाईटानीकमा आधारित विभिन्न फिल्महरूमा जे ब्रुसले उनलाई खलनायकको रूपमा प्रस्तुत गरेको गलत देख्छन् । सन् १९१२ मा बेलायतमा जहाज डुब्नुको कारण पत्ता लगाएको रिपोर्ट अनुसार यस लाइफ बोटमा चढ्नु भन्दा पहिले धेरै यात्रुहरूलाई सहयोग गरिएको थियो ।

तर उनले धेरै आलोचनाहरूको सामना गर्नु पर्‍यो । उनी एक बर्सपछि  १९१३ सेवा निवृत्त भए ।

टाइटानिक फिल्मका निर्देशक जेम्स क्यामरुनले ओस्कार अवार्ड पाएका थिए

तेस्रो श्रेणीका यात्रीहरू

जेम्स क्यामरुन निर्देशित फिल्म टाईटानिकको एक अर्को भावनात्मक दृश्य छ । जुन तेस्रो श्रेणीका यात्रुहरूलाई जहाजको तल्लो भागमा रोकिन्छ । र लाइफ बोटहरूमा पुग्नबाट रोकिन्छ । किंग्स कलेजका रिकर्ड होवल्स भन्छन् कि यसको कुनै ऐतिहासिक प्रमाण छैन ।

तर यो सत्य हो कि जहाजमा तेस्रो श्रेणीका यात्रुहरूलाई अन्य यात्रुहरूबाट अलग राख्नका लागि अलग ढोका थियो । सक्रामक रोगबाट बचाउन ढोका अलग गरिएको थियो ।

प्रत्येक श्रेणीलाई लाइफबोट दिइएको थियो । तर लाइफबोटहरू जहाजको तेस्रो श्रेणीमा राखिएको थिएन । तेस्रो श्रेणीका यात्रीहरूले बाहिर निस्कनको लागि आफै उपाय खोज्नुपर्दथ्यो ।

जब लाइफ बोटमा जान आदेश दिइयो, पहिले महिला र बच्चाहरूलाई पहिले जान भनियो । जस पछि ११५ प्रथम श्रेणी र १४७ दोस्रो श्रेणीका पुरुषहरू पछि हटेका थिए । दुर्भाग्य बस् उनीहरु पछि बाँच्न सकेनन् । तेर्सो श्रेणीका यात्रीहरूलाई दोस्रो–दर्जाकै व्यवहार गरिएको भनेर टिप्पणी हुने गर्छ । यद्यपि तेस्रो श्रेणीका यात्रुहरूको एक तिहाइ भन्दा कम मानिस बाँचेका थिए । लाइफबोटको कारण बाँचेकाहरूमा महिलाको संख्या बढी थियो ।

(बीबीसी हिन्दीबाट अनुवाद)

यो पनि