बैशाख ०८, २०८१, शनिबार
               

एमालेमा तीन धार

ADVERTISEMENT

शीर्ष नेताहरुबीच मतभेद बढ्दै जाँदा नेकपा एमाले तीन धारमा विभाजित भएको छ । अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले छुट्टाछुट्टै पार्टीको अभ्यास गरिरहेका छन् । तीनै पक्षले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरे ।ओली पक्षले अफू नै मूल पार्टी भएको दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षरद्वारा महत्त्वपूर्ण निर्णय गर्दै आएको छ ।

४० प्रतिशतभन्दा बढी सदस्य भएको नेता नेपाल पक्ष समानान्तर गतिविधिमा व्यस्त छ। बाँकी सदस्य साथमा लिएर गौतमले एकता अभियान भन्दै छुट्टै गतिविधि गरिरहेका छन् । एमालेभित्रको मतभेद र विवाद अन्त्यका लागि सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निष्कर्षमा नपुगेपछि नेकपा तीन धारमा विभाजन भएको हो । यद्यपि तीनै पक्षले एकताका लागि छलफल जारी राख्ने बताएका छन् ।

मंगलबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजेका लागि बालुवाटारमा चियापानको आयोजना गरे । ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यलाई बालुवाटारमा बोलाए । तर, माधव–झलनाथ समूहले बहिष्कार गर्‍यो ।

यसैगरी, ओली पक्षसँगको छलफल निष्कर्षविहीनसँगै नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । 

बुधबार र बिहीबार राजधानीमा गर्ने राष्ट्रिय भेलाले पेस गर्ने राजनीतिक प्रतिवेदन तयार भएको जनाइएको छ। सो प्रतिवेदनलाई अन्तिम रुप दिन मंगलबार दिउँसो स्थायी समिति बैठक बोलाइएको छ ।

नेपाल पक्ष पेरिसडाँडाबाट धुम्बाराही

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात् माधव–झलनाथ पक्ष अर्को खेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सहकार्यमा पुगेको छ । नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधव पक्ष आ-आफ्नै दलमा फर्किने निर्णय गरेका थिए ।

गत सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव पक्षको स्थायी कमिटी सदस्यको बैठकले आ-आफ्नो घर फर्किने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम नेपाल-खनाल समूह पेरिसडाँडाको बैठकबाट बिदा भएका थिए। त्यसपश्चात् माधव नेपाल र झलनाथ खनाललगायत तत्कालीन एमालेका नेता एमालेका नेता र प्रचण्ड नेकपा माओवादी केन्द्रका  नेताको रुपमा स्थापित भए । 

तर, नेपाल-खनाल एमालेमा फर्किएपछि अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गर्दै आएका छन् । ती निर्णय विधानविपरीत भएको भन्दै उनीहरु सङ्घर्षमा छन् । सँगै, उनीहरूले मूल पार्टी अफू भएको भन्दै समानान्तर गतिविधि गरिरहेका छन् ।

तेस्रो धार वमदेव

सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा ब्यूँत्याइदिए पनि पार्टी उपाध्यक्ष गौतम कुनै समूहमा लागेका छैनन् । सोमबार पनि पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्ष नेपाल पक्षबीच भएको छलफलमा गौतम सहभागी भएनन् । 

उनले मंगलबार पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय कार्यसम्पादन समिति बैठक राखे । ओली पक्षले चियापान, नेपाल पक्षले पत्रकार सम्मेलन राख्दै गर्दा गौतम समूह छुट्टै रणनीति बनाउन व्यस्त थियो । यसरी तीनै गुटले आ–आफ्ना अडान राखेपछि एमालेमा एकता हुन सकिरहेको छैन ।

२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखियो । ओली प्रधानमन्त्री भएकामे साँढे दुई वर्षपछि प्रचण्ड नेपाल पक्षले राजीनामा दिन ओलीलाई दबाब दियो । ओलीले मानेनन् । प्रचण्ड नेपाल पक्षले ओलीमाथि दबाब बढाएपछि २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे । ओली पक्ष र प्रचण्ड नेपाल पक्ष फरकफरक पार्टीको अभ्यास गर्दै आइरहेका छन् ।

कहाँ अड्कियो हलो ?

अध्यक्ष ओलीले महासचिवबाहेकका पदाधिकारी हटाउने र माओवादी नफर्केका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गत शुक्रबार गरेका थिए । नेपाल पक्षले नेकपाको एकतादेखि अदालतले बदर गर्दासम्म शून्य अवधि मानेर एकतापूर्वको २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने प्रस्ताव ओलीसमक्ष राखेको थियो ।

उसले २८ फागुनमा ओली पक्षले यसअघि प्रदेश इन्चार्ज, विभागीय प्रमुख रहेका नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएको, माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय खारेज गर्नुपर्ने अडान लिएको थियो। तर, त्यसमा ओली सहमत नदेखिएका नेपाल पक्षको आरोप छ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि