नेकपा दाहाल र नेपाल समूहले बुधबार राजधानीमा आफ्नो 'शक्ति प्रदर्शन' गर्यो । भृकुटीमण्डपको आमसभाबाट न्यायालय तथा संवैधानिक अंगहरुलाई दबाब दिन खोजिएको हो कि होइन भन्ने समयले खुलासा गर्ला नै । अनि त्यसबाट उत्सर्जन हुने राजनीतिक विकीरण कस्तो रहला ? प्रतिक्षा गरौँला ।
तर त्यो आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वाधिक प्रहार गरिएको सन्दर्भ थियो, पशुपतिनाथमा गरिएको पूजा । माघ १२ गते प्रधानमन्त्री ओलीले सपत्नी पशुपति पुगेर विश्व शान्ति एवं राष्ट्र कल्याणको कामना गर्दै सवा लाख दीप प्रज्ज्वलन गरे । त्यो पूजालाई आधार बनाएर धेरैजना ओलीले महापाप गरेझैँ खनिए । उनीमाथि निरन्तर विषवमन गरे । खै ! कता जाँदै छ, यो मुलुकको राजनीति ? जहाँका आराध्यदेवप्रति नतमस्तक हुने अधिकार मुलुकको सर्वोच्च नेतृत्वबाट खोसिनु पर्ने कुतर्क गरिन्छ । त्यो यो देशका प्रधानमन्त्रीमाथि मात्र नभएर सिंगो र समूल नेपालीको आस्थामाथि प्रहार हो ।
राजनीति मात्र होइन, हरेक क्षेत्र र वर्गका हिन्दुका लागि पशुपतिनाथ आस्थाको केन्द्र छन् । उपेक्षा त हामीले पो गरेका छौँ । अहिले सुधार गरियो त के बिग्रियो ? असल कामको थालनीलाई ढिलै भए पनि सकारात्मक मान्नु पर्छ ।
पशुपतिनाथ हाम्रा आराध्यदेव हुन् । हामी नेपालीको मनमा बसेका देवका पनि देव, महादेव । विश्वभरका हिन्दु आस्थाको पवित्र केन्द्र पनि हो, पाशुपत क्षेत्र । अनि नेपालका प्रधानमन्त्री त्यहाँ गएर पूजा अर्चना गरे त के बिराए ? बरू हिजो बाटो बिराएका थिए भने आफ्नाे गल्ती सुधारे । नेपालीको मनमा शासन गर्ने हाे भने हाेलीवाइनकाे स्वाद चाखेका अरु नेताले अब यही पथमा हिँड्नु पर्ने दिन आइसक्यो । जसले सनातन धर्ममा आस्था राख्छ, त्यसले यो राष्ट्रको कुभलो चिताउन सक्दैन भन्ने पनि खोच्नै पर्छ । हामीले त अब ओलीले पशुपतिनाथप्रति देखाएका श्रद्धामा गर्व गर्नु पर्छ । किनकि यो देश हाम्राे मनमा जहाँ अटाएको छ, अधिकांश नेपालीको मनको त्यही पाटामा पशुपतिनाथ पनि अटाएका छन् ।
पशुपतिनाथमा नेपालका मात्र होइन, छिमेकी भारतका उच्च ओहदामा पुगेका व्यक्तित्वहरुले श्रद्धाले शिर झुकाउँछन् । विशेष पूजाअर्चना गर्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिका अनन्य भक्त हुन् । उनले त्यहाँ विशेष पूजा गरेका छन् । भारतका अन्य उच्चपदस्थ अधिकारीले पशुपतिनाथको दर्शन गरेका छन् । राजनीति मात्र होइन, हरेक क्षेत्र र वर्गका हिन्दुका लागि पशुपतिनाथ आस्थाको केन्द्र छन् । उपेक्षा त हामीले पो गरेका छौँ । अहिले सुधार गरियो त के बिग्रियो ? असल कामको थालनीलाई ढिलै भए पनि सकारात्मक मान्नु पर्छ ।
विदेशी चलखेलमा नेपालमा कहिल्यै नसुनेका नयाँ नयाँ धर्म भित्रिन थालेका छन् । अनेक षडयन्त्रका बाबजुद २०६८ सालको जनजणनालाई आधार मान्दा नेपालमा अहिले पनि ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्माबलम्बीको बसोबास रहेको छ । यो यथार्थबाट मुख फेरेर जताततै हिन्दुत्व पोखिएको मुलुकका हिन्दु प्रधानमन्त्रीले पशुपतिमा गएर संकल्प गर्दा तिलमिलाउनेहरूबाट नेपाली आस्थामाथि प्रहार भएको छैन भनेर कसरी भन्ने ?
धर्म हाम्रो आस्था हो । यो देशका प्रधानमन्त्रीले अब कुन मन्दिरमा गएर पूजा गर्ने कि नगर्ने भनेर कुनै व्यक्ति विशेषले अनुमति दिनु पर्दैन । जसलाई मन छ, उसले भगवानको अगाडि शीर झुकाउँदा लाज मान्नु पर्दैन । जसलाई इच्छा लाग्दैन त्यो उसको मर्जी । हाेलीवाइन चाख्नेले यहाँ दशैँ मान्छन् । तिहार मान्छन् । तर, पशुपतिनाथको तिरष्कार गर्छन् । यी कस्ता आस्तिक हुन् वा कस्ता नास्तिक ? तर, एउटा कुरा पक्का भयो, पशुपतिनाथको डर मनमा भएकै कारण ओलीको विरोध भयो । पशुपतिनाथले उनको रक्षा गर्लान् कि भन्ने भय मनको कुनै कुनामा अल्झिएको यथार्थको कारण ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भन्छन्- 'धर्मकर्म र पूजापाठ व्यक्तिगत आस्थाको विषय हो । जसलाई उचित लाग्छ उसले गर्ने हो । नलाग्नेले नगरे भइहाल्यो ।' भट्टका अनुसार सबैको धार्मिक आस्थाको सम्मान गर्नुपर्छ । अझ धार्मिक आस्थामाथि प्रहार त निन्दनीय हुन्छ ।
प्रचण्ड-नेपालको कित्ताका एक नेता माधव नेपाल नेपाली धर्म संस्कृति र धरोहरलाई भत्काउने कुत्सित उद्देश्यले परिचालित पात्र रहेको पुष्टि भइसकेको छ । उनी होलीवाइनद्वारा सिंचित भएको जगजाहेर नै छ । उनका धर्मविरोधी उत्तेजक कुरामा उनका चेला रघुजी पन्तहरु जस्ता पनि हो मा हाे मिलाउँछन् ।
प्रधानमन्त्री ओलीका अनेकौँ कमजोरी होलान् । समीक्षा गर्न सकिन्छ । तर उनी यस अर्थमा ठीक छन् कि उनी छविलाल दाहाल प्रवृतिकाले झैँ लुकिछिपी टीका लगाउँदैनन् । स्वार्थपूर्तिका लागि भैँसी पूजा गर्दैनन् ।
प्रचण्ड-नेपालको कित्ताका एक नेता माधव नेपाल नेपाली धर्म संस्कृति र धरोहरलाई भत्काउने कुत्सित उद्देश्यले परिचालित पात्र रहेको पुष्टि भइसकेको छ । उनी होलीवाइनद्वारा सिंचित भएको जगजाहेर नै छ । उनका धर्मविरोधी उत्तेजक कुरामा उनका चेला रघुजी पन्तहरु जस्ता पनि हो मा हाे मिलाउँछन् । जसका पिताले कर्मकान्डलाई पेशा बनाएर तीनै पन्तको लालनपालन गरे । समयको कुनै क्षणमा उनै पन्तले केही मात्रामा पिताका काममा पनि सघाएकै थिए । यो यथार्थसँग कमै परिचित होलान् । जसले हिन्दु धर्मकै कारण यो लाेकमा स्थापित हुने मौका पाए । जो मन्दिर नै मन्दिरको देशमा जन्मिए । त्यसमाथि हिन्दु धर्मको मौलिक संस्कृति तथा परम्पराले भरिपूर्ण ललितपुरबाट राजनीतिमा होमिए । उसले नै आज यो मुलुकको मौलिकतामाथि धावा बोल्नु खेदजनक हुन्छ । पन्त त उदाहरण मात्र हुन्, उनी जस्ता कम्युनिस्ट नेता यो देशमा धेरै छन् ।
कसैलाई थाहा छैन, २०६२/६३ सालको जनआन्दोलनमा धार्मिक मुद्दा उठेको थियो भनेर । देशका कुनै सडकमा धर्मनिरपेक्ष राष्ट्रको माग राखेर सभा जुलुसमा निस्किएका थिएनन् पनि । तर परिणाम, जनता नचाहँदा नचाहँदै यो मुलुक धर्म निरपेक्ष बन्यो । जनताको आस्थामाथि निर्मम प्रहार गरियो । जनगणनापछिको एक दशकमा क्रिश्चियन धर्मावलम्बीको संख्या दोब्बर बनि सकेको छ । धर्म परिवर्तन बढ्दो छ । धमाधम चर्चहरूको संख्या बढ्दै छन् । बुद्ध धर्मावलम्बीहरू घट्दै छन् । 'समुन्नत' र 'लोकतान्त्रिक' बनाउने नाममा धर्म निरपेक्ष घोषणा पछाडि लुकेको अभिष्ट के रहेछ, पर्दाहरु खुल्दै छन् । खलनायकहरु नांगिदै छन् ।