बैशाख १६, २०८१, आइतबार
               

बुबाको मुख हेर्ने दिनमा पितृलाई तर्पण (फोटो फिचर)

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

आज (बुधबार) कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो, गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने यो  दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन ।

संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझ अनि अन्धकार रातमा रूपान्तरित हुन्छ । उदाएका सूर्य मध्य दिउँसो हुँदै अस्ताउने रित छ । यिनै बिहान, दिन र साँझको क्रमसँगै मानिसको जीवन पनि क्रमशः बढ्दै गएर छोरा अनि बुबा बन्छ । कहिले छोरीको भूमिका त कहिले आमाको निर्वाह गर्ने क्रम चलिरहन्छ ।

जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न धेरैले सिकेका हुन्छन् । त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, अहोरात्र खटेर कर्म र सुरक्षा दिने बुवा आमा नै हुन् । कुशै औँसीका दिन बुबाको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने गर्छन् । परदेशमा हुने छोराछोरीले फोनबाटै कुराकानी वा भिडियो कलबाटै पनि बुबाको मुख हेर्ने गर्दछन् ।

तर भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालयमा गएर स्मरण गर्ने चलन  छ।

यस पटक पनि पवित्र तीर्थस्थल गोकर्णेश्वर महादेव मन्दिर पुगेर पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई तर्पण तथा सिदा दान गर्नेहरू धेरै थिए । तर कोरोनाको महामारीका कारण विगतमा भन्दा यस पटक धेरै कम सङ्ख्यामा भक्तजनहरू थिए ।

गोकर्णेश्वर महादेव मन्दिर परिसर पुगेर फोटो पत्रकार सरोज बस्नेतले सुरक्षित गरेका केही तस्बिरहरू:

यो पनि