बैशाख १६, २०८१, आइतबार
               

अस्ट्रेलियाकी ग्ल्यामर्स क्रिकेटर : जसले खेलिसकेकी छिन् फुटबल विश्वकप

एजेन्सी
फागुन २१, २०७६

ADVERTISEMENT

अस्ट्रेलियाका पूरुष क्रिकेटरबारे तपाईलाई धेरै थाहा होला । अब महिला क्रिकेटरबारे पनि जान्‍नुस् । अस्ट्रेलियाको महिला क्रिकेट टोलीकी पूर्वकप्तान एल्लिसे पेरी निकै चर्चित छिन् । उनी युवाहरुकी रोल मोडल हुन् । 

एलिसाको नाममा छ यस्तो रेकर्ड

एल्लिसेको नाममा कम उमेरमा अस्ट्रेलियाको जर्सी लगाएर अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने किर्तिमान छ । उनले १६ वर्ष ८ महिनाको उमेरमै क्रिकेटमा डेब्यु गरेकी थिइन् । 

उनी फुटबल पनि राम्रै खेल्छिन् । फुटबल र क्रिकेट दुबै खेलको महिला विश्वकप खेल्ने उनी पहिलो खेलाडी हुन् । उनले सन् २००७ को जुलाईमा इन्टरनेशनल क्रिकेट म्याचमा डेब्यु गरेकी थिइन् ।

एक महिनापछि उनलाई अस्ट्रेलियाको फुटबल टोलीमा समेत बोलाइयो । सन् २००८ को एशियाकप र सन् २०१० मा जर्मनीमा भएको विश्वकप फुटबलमा उनले अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेको छिन् । 

ब्रान्डिङमा पनि नम्बर वान
एल्लिसेले सन् २०१० मा मिडिया करियर सुरु गर्दै फुटबलको रियालीटी शो चलाएकी थिइन् । सन् २०१३ मा स्पोर्टस् प्रो म्यागेजीनले उनलाई अस्ट्रेलियाको सबैभन्दा मार्केटेबल खेलाडीका रुपमा चुन्यो ।

नी त्यतिबेला विश्वकै ३६ औँ उत्कृष्ट मार्केटेबल खेलाडी थिइन् । उनलाई अस्ट्रेलियन टोलीकै सबैभन्दा ग्ल्यामरस् क्रिकेटर मानिन्छ । एक स्पोर्टस् साइटले टप १५ वुमन ग्ल्यामरर्स क्रिकेटरको सूचि बनाउँदा उनको नाम पहिलो नम्बरमा थियो ।


कस्तो लाग्यो ?

यो पनि