बैशाख १६, २०८१, आइतबार
               

प्रविधिको तिव्र विकास र हाम्रा चुनाैती

एजेन्सी
फागुन १८, २०७६

ADVERTISEMENT

केही दशकअघिसम्म इन्टरनेट प्रविधिलाई नयाँ युगकाे शक्तिशाली आविस्कार भनेर बुझिन्थ्यो । याे पुष्टि पनि भयो । तर, यति शक्तिशाली प्रविधि सञ्चालन गर्न हाम्रो मस्तिस्क तयार छ ? हामीले नै बनाएका हाम्रा प्रविधि हाम्रो मस्तिस्कभन्दा माथि त छैनन् वा हाम्रो मस्तिस्कले नियन्त्रण गर्नुपर्ने प्रविधिले कतै हाम्रो मस्तिस्कलाई नै मेसिन त बनाइरहेको छैन ? बहस बल्ल हुँदैछ । 

गुगल, फेसबुक र एप्पलजस्ता प्रविधि कम्पनीमाथि आजको दिनमा विध्वंसात्मक लत बेचर अर्बौं डलर आम्दानी गरिरहेको आरोप लाग्छ । कतिपय प्रविधि कम्पनी दसौँ लाख मानिसले मन पराउँछन्, तर अन्त्यमा तिनै प्रविधि कम्पनी प्रयोगकर्ताको विनाश गर्ने साधनजस्ता बन्दै गएका छन् । 

यस्ता ठूला भनिने प्रविधि कम्पनीमाथि युवावर्गको जीवन बर्बाद गरिरहेको आरोप लाग्छ । त्यसमा पनि सामाजिक सञ्जाल सबैभन्दा खतरनाक साबित भएको छ । सामाजिक सञ्जालले एक्लोपन हटाउने वाचा गरे पनि वाचाविपरीत थप एक्लोपन बढाएको छ भने वास्तविक समाजबाट युवापुस्तालाई निष्कासित नै गरेको छ ।

मोबाइलको लतमा भुल्दा युवापुस्ताको विश्वसँगको सम्बन्ध र लगाव कम हुँदै गएको छ । स्मार्टफोनको व्यापक प्रयोग भएयता किशोर–किशोरी आफ्ना वास्तविक साथीसँग कमै मात्र घुलमिल हुने गरेको देखिन्छ । उनीहरूले दैनिक काममा थोरै रुचि राख्न थालेका छन् ।

अध्ययनअनुसार सामाजिक सञ्जालमा अत्यधिक समय बिताउने किशोर-किशोरीमध्ये २७ प्रतिशतलाई डिप्रेसन हुने खतरा हुन्छ । विद्युतीय डिभाइसमा दिनको तीन घन्टा वा सोभन्दा बढी समय बिताउने किशोर–किशोरीमध्ये ३५ प्रतिशतले आत्महत्याको मनस्थिति बनाउन सक्ने खतरा हुन्छ । सामाजिक सञ्जालमा बढी समय बिताउने किशोरीमध्ये ५० प्रतिशतमा डिप्रेसनका लक्षण भेटिने खतरा हुन्छ ।

प्रयोगकर्ताको यही लतलाई सामाजिक सञ्जाल सञ्चालन गर्ने ठूला कम्पनीले पैसा कमाउने बाटो बनाएको भनेर भइरहेको उनीहरूको आलोचना पनि जबर्जस्त बनिरहेको छ । प्रयोगकर्ताको मस्तिष्कलाई कसरी लठ्याउने भन्नेबारे यस्ता प्रविधि कम्पनीलाई राम्रो जानकारी छ । यसकारण, आफ्ना उत्पादनप्रति प्रयोगकर्तालाई अनिवार्य रूपमा फन्दामा पार्न उनीहरूले विशेष उपाय अपनाएका हुन्छन् । सामाजिक सञ्जाल तथा सामाजिक मिडिया साइटले प्रयोकर्तालाई निश्चित रूपमा लोभ्याउने भरपर्दो उपाय अपनाएका छन् ।

यसैगरी, एप्पल, अमेजन, गुगल र फेसबुकजस्ता कम्पनी एकाधिकार नजिक पुगेको भनी आलोचना हुने गरेको छ । प्रयोगकर्ताको निजी जीवनमाथि आक्रमण गरेर यी कम्पनीले आफ्नो बजार बढाइरहेका छन् । आजका दिनमा प्रविधिले नै धेरै कुरा गरिदिन्छ- अनि मानव मस्तिकको मुल्य के रह्ययाे ? हाम्रो जीवनका लागि उत्कृष्ट पक्ष उपलब्ध गराउनेतर्फ प्रविधिको ध्यान गएको देखिन्न ।

प्राविधिक आविष्कारले सामान्य काममा खर्च हुने हाम्रो समय बचत गराउन सक्नुपर्छ जसका कारण हामी अफलाइन रहेर जीवनको उत्कृष्ट अनुभव लिन सकौँ । हामीले पनि प्रविधिलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गर्नुको विकल्प छैन । आफ्नो आवश्यकताका लागि मात्रै प्रविधिको प्रयोग गर्ने, त्यो पनि थोरैभन्दा थोरै । यसको लतमा फसियो भने उम्कन गाह्रो हुन्छ । 


कस्तो लाग्यो ?

यो पनि