बैशाख १५, २०८१, शनिबार
               

विश्वका ठूला धनाढ्य जो सस्ता सामान किन्‍छन्, सरल जीवन बाँच्छन्

एजेन्सी
फागुन १८, २०७६

ADVERTISEMENT

धनी हुँदैमा फजुल खर्च गर्नुपर्छ भन्‍ने होइन । विश्वमा त्यस्ता केही धनाढ्य पनि छन् । जो परोपकारी काममा मनग्ये खर्च गर्छन् । तर, आफ्नो निजी जीवनमा निकै कम खर्च गर्छन् । भड्किलो होइन, सरल जीवन उनीहरुलाई प्रिय छ । 

वारेन बफेट
संसारका धनाढ्यको सुचीमा बफेट चौथो नम्बरमा छन् । ८८ दशमलव ९ बिलियन अमेरिकी डलरका मालिक बफेट आफुमात्रै धन कमाउदैनन्, लाखौँलाई धन कसरी कमाउने भनेर टिप्स पनि बाँड्छन् । उनले लगानी गरेका ठाउँमा घाटा बेहोर्नुपरेको छैन । तर, उनी अझै पनि त्यही अपार्टमेन्टमा बस्छन्, जुन उनले सन् १९५० मा किनेका थिए । वर्षौदेखि उनले उही कार चलाइरहेका छन् ।

पाउल म्याककार्टनी
यी रकस्टारले आफ्ना छोरा छोरीलाई सरकारी कलेजमै पढाएका थिए, सस्तो शुल्कमा । द बिटल्सका पूर्वसदस्य पाउलसँग ८ सय मिलियन डलरभन्दा धेरै सम्पत्ति छ । तर, अनावश्यक खर्च गर्दैनन् । उनी जनावरको अधिकार, शाकाहारी जीवन, गरिबी र संगीत शिक्षाका विषयलाई प्रवद्र्धन गर्न विभिन्न च्यारिटीमूलक कन्सर्ट गर्छन् ।

केट मिडिल्टन
बेलायती राजकुमारी केट मिडिल्टन शाही पोसाकभन्दा साधारण पोसाक लगाउन रुचाउँछिन् । वर्षौंसम्म एउटै कपडा लगाएर शाही प्रोटोकल तोडेको आरोप पनि उनीमाथि लाग्ने गर्छ ।

जेनिफर लरेन्स
लरेन्स त्यही अपार्टमेन्टमा बस्छिन्, जहाँ उनी पहिलोपटक लस एन्जलस आउँदा बसेकी थिइन् । विश्वप्रसिद्ध अभिनेत्री हुनुका बाबजुद जीवनशैलीमा खास परिवर्तन देखिएको छैन । अन्य कलाकारले जस्तो उनले निजी सहयोगी राखेकी छैनन् । आफ्नो काम आफैँ गर्छिन् । व्यस्तताका बाबजुद समय निकालेर तरकारी तथा घरायसी सामान सपिङ गर्न पुग्छिन् । अरूलाई सहयोग गर्न उत्तिकै अग्रसर छिन् ।


कस्तो लाग्यो ?

यो पनि