मंसिर ०७, २०८१, शुक्रबार
               

देशभित्रै अस्वित्व खोज्‍न बाध्य समुदाय हजारा

एजेन्सी
फागुन १५, २०७६

ADVERTISEMENT

गत वर्ष सेप्टेम्बर २ मा तालिवानले अफगानिस्तान स्वतन्त्र मानवअधिकार आयोगको गोर प्रान्तका कार्यकारी निर्देशक अब्दुल समाद अमिरीलाई अपहरण गयो । दुई दिनपछि गोली हानेर अमिरीको हत्या गरियो । 

एम्नेस्टी इन्टरनेशनलले  यसलाई युद्ध अपराधका रुपमा व्याख्या गरेको छ, अफगानिस्तान र बाँकी विश्वमा पनि यस ज्यादतीपूर्ण हत्याको चर्को निन्दा भयो । अहिले तालिवान र अमेरिकाबीच शान्ति वार्ता भइरहेको छ, जसले शान्ति फर्कने आशा बढाएको छ ।

तर अफगानिस्तान सरकार, तालिवान र अमेरिका कसैले पनि अल्पसंख्यक हजारा समुदायका विषयमा चासो राखेका छैनन् । यो समुदायले देशभित्र सुरक्षा, शान्ति र शशक्तिकरणको संभावना पाउला ? अझै सन्देह छ । 

हजारा जाति पर्सियन भाषा बोल्छन् । उनीहरु मुख्यत सिया मुस्लिम धर्मालम्बी हुन्, जसको मुलथलो हजारजत पहाडी क्षेत्र हो । आफ्नो धर्म र जातित्वलाई लिएर दुव्यवर्हार सामना गर्नुपरेको लामो इतिहास उनीहरुसँग छ, सन् १८९० को दशकबाटै यस्तो सुरु भएको थियो । 

उनीहरुले तालिवान र ईस्लामिक स्टेट खोरासन प्रान्त (आईएसकेपी) को हातबाट मात्रै हिंसा व्यहोर्नुपरेको छैन, दशकौंदेखि अफगानिस्तानको प्रभूत्वशाली जातिय समुहबाट पनि घृणा र विभेद सहनुपरेको छ ।

उदाहरणका लागि सन् १९७० को दशकसम्म अफगानिस्तानको कानूनले हजारालाई सरकारी जागिर खान, विश्वविद्यालयमा भर्ना हुन र राष्टिय स्तरमा कुनै पनि पदमा बस्नबाट बन्चित गरेको थियो । यसपछि तालिवानी शासनको समयमा पनि विभेदकारी कानून विद्यमान थियो ।

पूर्व अफगान राष्ट्रपति हमिद कार्जाई प्रशासनले हजारालाई अफगानिस्तानको सार्वजनिक तथा राजनीतिक जीवनमा आफ्नो स्थान दाबी गर्ने अवसर दियो । 

असर्रफ घानी नेतृत्वको सरकारमा पनि उनीहरुले केही अवसरहरु पाए । तर शक्तिमा सीमित प्रतिनिधित्वका कारण उनीहरु खुसी छैनन् । त्यस्तै, केही राष्ट्रिय नीतिहरुले उनीहरुको सामाजिक तथा राजनीतिक शशक्तिकरणलाई सीमित गरिदिएको छ । 

जब नाटो सैनिकले अफगानिस्तान छाड्न सुरु गरे, त्यसयता हजारा समुदायमा आफ्नो भविष्यलाई लिएर चिन्ता गहिरिदों छ । तालिवान अर्थात् हजारालाई घृणा गर्ने समुहसँग प्रत्यक्ष वार्ता गर्ने अमेरिकी निर्णयपछि यो चिन्ता थप गहिरियो ।

अहिले अमेरिका-तालिवान वार्ता सकारात्मक रुपमा अघि बढेको छ । तर,यति नै बेला वर्तमान अफगान सरकारले समुदायको चाहनालाई संरक्षण गर्नेतर्फ कमैमात्र प्रतिवद्धता देखाएको छ । 

आजको दिनमा हजाराका हकमा दीर्घकालिन शान्तिको अनुमान निकै टाढाको कुरा हो । कम्तिमा पनि दुई मुख्य कारणले यस्तो भन्न सकिन्छ – यस समुदायप्रति तालिवानको जरैदेखिको घृणा र हजाराको विशेष सरोकार र चिन्ता सम्बोधन गर्नेेगरी बिस्तृत रुपमा शान्ति योजना प्रस्ताव गर्ने अफगान सरकारको अनिच्छा वा अक्षमता ।

अमेरिका- तालिवानबीच वार्ता भएपछि तालिवानले अफगानिस्तानको वर्तमान सरकारसँग वार्ता गर्नेछ र त्यस वार्ताका क्रममा पनि सरकारले हजाराका मुद्दा उठाएन भने याे समुदाय सधैं विभेदमै रहिरहनेछ । 


कस्तो लाग्यो ?

यो पनि