बैशाख १६, २०८१, आइतबार
               

ट्रम्पको इगोमा खेल्दै मोदी

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

ट्रम्पको एउटा विशेषता छ – उनी कठोर सत्य सहजै ओकल्छन् । उनले भर्खरै बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई फोन गरेर हुवेवेलाई बेलायतको बजारमा सेवा सञ्चालन गर्नका लागि दिइएको निर्णयप्रति असहमति जनाए । वासिङटनले यसअघि चिनियाँ टेक कम्पनीसँग व्यापार नगर्न बारम्बार आग्रह गरिरहेको थियो ।  

लण्डनले हुवेवेसँग ५ जी सेवामा सहकार्य गरेमा वासिङटनले फाइभ आईजबाट निलम्बन गर्ने चेतावनी समेत दिएको थियो । क्यानेडा, अमेरिका, बेलायत, अस्टे«लिया र न्युजिल्यान्डले गोप्य सुचनाहरु एकआपसमा सेयर गर्नेगरी फाइभ आईजको संयोजन गरेका हुन् । तर ब्रेक्जिटपछिको बेलायतमा आशा जगाउने र भविष्यमा चीनसँग मिलेर दीर्घकालीन समृद्धी सुनिश्चित गर्न जोनसोनले यस्तो निर्णय लिएरै छाडे । 

ट्रम्पले  आक्रोशयुक्त कुरा गरेपछि फोन आफैं काटे । प्रतिक्रियास्वरुप, आगामी महिना हुने तय भएको वासिङटन भ्रमण तत्कालका लागि जोनसोनले स्थगित गरे । 

अहिले ट्रम्प भारतमा छन् । यहाँ आउनुअघि पनि उनले स्पष्टै रुपमा आफ्ना असहमति राखे । गत साता उनले भनेका थिए । 
‘हामीले भारतसँग व्यापार सम्झौता गर्नसक्छौं । तर ठूलो सम्झौता केहीपछि गर्नेमा छौं । हामी भारतसँग धेरै ठूलो व्यापार सम्झौता गर्नेछौं । मलाई थाहा छैन चुनावअघि वा पछि यो हुनेछ । तर भारतसँग निकै ठूलो सम्झौता हुनेछ ।’ 

उनले भनेका छन्, ‘हामीलाई भारतले धेरै राम्रो व्यवहार गरेको छैन । तर मलाई मोदी निकै मनपर्छ । उनले मेरो भ्रमणताका स्वागतका लागि ७० लाख जनता एयरपोर्टदेखि रंगशालासम्म उतार्ने बताएका छन्  । म आतुर छु ।’   

साँच्चै, अहमदावाद एयरपोर्टदेखि नवनिर्मित मोटेरा रंगशालासम्म ट्रम्पले न्यानो स्वागत पाएका छन् । भारतमा यति ठूलो सम्मान पाउने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । रंगशालामा उनको सम्मानमा १ लाख जनता उपस्थित भएको अनुमान गरिएको छ । 

एउटा सर्वसत्तावादी नेताको सम्मानमा ठूलो भीड जम्मा गर्नुभन्दा अर्को ठूलो उपाय के नै हुनसक्ला ? मोदीले ट्रम्पलाई त्यसरी बुझेका छन्, जसरी थोरै व्यक्तिले बुझ्छन् । 

ट्रम्पले राजनीतिलाई रियालिटी शो जसरी बुझ्छन् । उनी बौद्धिक र प्राज्ञिक राजनीतिकको विपक्षमा छन् । उनका लागि योजना र सिद्धान्त होइन, शब्द र देखावटी स्वरुपले अर्थ राख्छ । 

उनी बौद्धिकतालाई जिस्काउँछन्, अफवाह फैलाउँछन्, झुठ बोल्छन् र अब्राहम लिंकनले एकपटक जे भनेका थिए, त्यसको जीवित उदाहरण हुन् । ‘कठिन समयमा झन्डै सबै मानिस खडा हुनसक्छन् । तर यदी तपाईलाई मानिसको वास्तविक चरित्रको परीक्षा लिनुछ भने उसलाई शक्ति दिनुस्,’ अब्राहम लिंकन । 

मोदीले ७० लाख जनता उतार्छुभन्दा ट्रम्प जत्तिका सफल व्यापारीले सहजै कसरी पत्याउन सक्छन् ? सोमबार एयरपोर्टदेखि रंगशालासम्मको २३ किलोमिटर लामो सडक शोमा झन्डै ३ लाख गुजराती उपस्थित भएको अनुमान केही भारतीय विश्लेषकहरुले गरेका छन् । ट्रम्पले पहिल्यै हिसाब गरेका हुनसक्छन्, यदी उनले घोषणा गरेअनुसार रोड शोमा १० प्रतिशतमात्रै जनता उपस्थित भने पनि यो ठूलो हुनेछ । अमेरिकी टिभी च्यानलहरुमा यसको दृश्य प्रशारण हुनेछ र यसले चुनावमा ठूलो फरक पार्नेछ । 

उनले सोचेका हुनसक्छन् – यस्तो प्रभावले अमेरिकी जनतामा ट्रम्प मानवमध्येका निकै चर्चित नेता हुन् भन्ने छाप छाड्नेछ, अनि आधा अमेरिकीले उनीबारे के भन्छन् भन्ने विषयको खण्डन हुनेछ । 

त्यसैले मोदी सरकारले होस्टेमा हैसें गरेर ढुंगा पल्टाउन कुनै कसर बाँकी राखेन । एक लाखभन्दा धेरै जनता रंगशालामा आए । सडक निर्माण, सुरक्षा व्यवस्थापन, सांस्कृतिक समारोह, रंगरोहनलगायतमा गुजरात सरकारले झन्डै १ करोड ५० लाख अमेरिकी डलर खर्च ग¥यो । गुजराती मोडलको विकासलाई ताजा स्वरुप दिन यस्तो गरिएको थियो । 

आफुल भारत आउनुको कारणबारे ट्रम्प स्पष्ट छन् । उनलाई दुनियाँसामु आफ्नो ख्याती देखाउनु छ । दिल्लीसँग ट्रम्प असन्तुष्ट छन् भनेर गरिएको अनुमानलाई यसले गलत साबित भएको छ । 

मोदीका लागि पनि यो राम्रो अवसर हो । यस्तो पनि भन्न सकिन्छ, उनी मोदीका लागि भारत आइदिएका हुन् । यसअघि गणतन्त्र दिवसमा प्रमुख अतिथी बन्न मोदीले गरेको प्रस्ताव भने ट्रम्पले लत्याएका थिए । 

ट्रम्प बादशाह जसरी प्रस्तुत भएका छन् । उनी शिकारका लागि निस्केजस्तो देखिन्छन् र अझै धेरै आनन्दको खोजीमा छन् । यी सबैका लागि उनले कुनै व्यक्तिगत मुल्य चुकाउनुपरेको छैन, सबै चाजोपाँजो भारतले नै मिलाएको छ । त्यसो भए ट्रम्पले के दिन्छन् त ?

पुरानो भनाइ छ- बादशाहले सडकमा लाइन बसेका गरिब जनतासामु सुनको सिक्का फ्याँकिदिन्छन् । तर, व्यापार सम्झौताबारे चर्चा भएपनि तत्कालै केही नहुने ट्रम्पले स्पष्ट गरिसकेका छन् । उनले १८ हजार ६ सय २६ करोड भारु बराबरको सी–हाँक हेलिकप्टर दिने सम्झौता गरेका छन् । यो चौथो जेनरेशनको सबैभन्दा एडभान्स हेलिकप्टर हो । अमेरिकाको वेस्टिङहाउस र भारतको एनपीसीआईएलबीच न्युक्लियर रियक्टरको सप्लाईसँग जोडिएको नयाँ सम्झौता हुने देखिएको छ ।

(एजेन्सीबाट)


कस्तो लाग्यो ?

यो पनि