जेठ ०६, २०८१, आइतबार
               

‘पशुपतिको दर्शन, प्रेमको प्रदर्शन’

ADVERTISEMENT

शिवरात्रिको दिन पशुपति पुग्ने आराध्यदेवको दर्शन गर्ने मेरो बार्षिक तालिका जस्तै थियो । मिडियामा काम गर्ने भएकाले पनि विभिन्न बहानाले त्यहाँ पुगिन्थ्यो । कहिले टेलिभिजिनमा लाइभ गर्नुपर्थ्यो । नभए रिर्पाेटिङको लागि पनि पनि पशुपति गइन्थ्यो । यसपटक पनि सोही सिलसिलाले मलाई त्यहाँसम्म डोहोर्‍यायो । पाशुपत क्षेत्रको रमिता हेर्नु, साधु सन्यासीसँग भलाकुसारी गर्नु र प्रसाद ग्रहण गर्नुमा अपार आनन्द हुन्छ ।

यति अनुभवको लागि दुनियाँबाट हजारौँ डलर खर्च गरेर पर्यटक आउँछन् । हामी भने नजिकको तीर्थ हेला गरेर बस्ने गर्दछौँ । तर ममा भने ‘संस्कृति जीवन हो जसलाई बचाउन सके पो सभ्यता बाँच्छ’ भन्ने भावना थियो । म ठेलमठेलको भीड चिर्दै पाशुपत क्षेत्र पुगेँ । 
पूजाआराधनाको लागि पशुपति जाने भनिन्छ । तर त्यहाँ पुग्नेहरूको प्रयोजन फरक फरक हुने रहेछ । कोही पशुपतिको जात्रामा सिद्राको व्यापार गर्नको लागि, कोही आफ्नो थकान मेटाउँदै रमिता हेर्न । कोही पूजाआराधनामा । जो जे प्रयोजनको लागि आएका भए पनि पशुपति मन्दिर परिसर शिवरात्रिमा लाखौंं यात्रीको गन्तव्य देखिन्छ/देखियो ।

साधुहरू धेरै मात्र थिएनन्, धेरै प्रकारमा पनि भेटिए । कतिपय खरानी घस्नकै मात्र साधु बनेका रहेछन् । उनीहरूमा न कुनै ज्ञान न त कुनै आध्यात्मिक चेतना । उनीहरूमा फकिरी कम र पेट पाल्नेकै लागि लक्ष्मी आर्जन गर्ने चेष्टा ज्यादा थियो ।

थरिथरि जोगी
मन्दिर जाने र फर्किनेहरूको भीडले पशुपति एउटा कोलाहलमा हराए जस्तो लाग्थ्यो । विगतका वर्षहरूमा जस्तै नेपालका विभिन्न ठाँउमात्र नभई भारतका धेरे ठाउँबाट साधु सन्यासीहरु आएका थिए । चरा जस्ता जोगीहरू जसको न कुनै जात छ, न कुनै परिवार न कुनै देश । उनीहरूसँग अन्तरङ्ग कुराकानी गर्न मलाई खुब मन पर्ने । साधु सन्यासीसँग जीवन र जगतको चर्चा बहस गर्नुमा अपार आनन्द हुन्थ्यो । त्यही सोचविचारले पशुपतिनाथको मन्दिर परिसर रहेका जोगीहरुलाई केही खुद्रा रकम बाँड्दै कुराकानी गर्न लागे ।  

साधुहरू धेरै मात्र थिएनन्, धेरै प्रकारमा पनि भेटिए । कतिपय खरानी घस्नकै मात्र साधु बनेका रहेछन् । उनीहरूमा न कुनै ज्ञान न त कुनै आध्यात्मिक चेतना । उनीहरूमा फकिरी कम र पेट पाल्नेकै लागि लक्ष्मी आर्जन गर्ने चेष्टा ज्यादा थियो ।

म पशुपति मन्दिरको पुगेँ । आर्यघाटमा जलिरहेको शवबाट गन्ध निस्किएको थियो । तर सन्यासी साधुहरूलाई कुनै प्रवाह थिएन । बाक्लो च्यादर ओढेर माग्न बसेका थिए । ‘भगवानका स्तुति कररही हुँ बालक, थोडासा पैसा दो,’ पशुपतिको यात्राबारे प्रतिक्रिया लिन खोज्दै थिएँ एक जोगीले पैसा मागिहाले । पचासको नोट थमाउँदै केही कुराकानी गरेँ । साधक जोगीहरू भारतका विभिन्न प्रान्तहरूबाट आएका रहेछन् । उनीहरू नाथ, अघोर, कापालिक जस्ता सम्प्रदायमा आबद्ध हुँदा रहेछन् ।

पशुपतिको जात्रा गाँजाको व्यापार 

म अझै पर पुगेँ । पशुपतिको काखमा, बाग्मतीको छेउनेर केही साधु बाबाजीहरू डमरु बजाउँदै थिए । केही बाबाहरूले ‘भोलेनाथ’ सम्झिँदै भजन मात्रै गाएनन् । व्यापार पनि गरिरहेका देखिन्थे । केही मस्तसँग धुवाँ उडाइरहेका थिए । तीनै साधुहरूतर्फ केही युवाहरू लम्किए । दुई जना बाबा चुरोटको खिल्लीमा गाँजा भरिरहेका थिए । उनका अगाडी केही खिल्ली (गाँजा भरिएका) चुरोट पनि थिए । भर्खरै जुँगाको रेखी बसेका दुई किशोर ती साधुहरूका सामु पुगे । ‘बाबा जी कित्ना दाम हे एक स्टिकका (गाँजा भरिएको चुरोटतिर देखाउँदै )? एक किशोरले सोध्यो । 

एक बाबाले भने – ‘एकका पचास ।’

किशोरले बार्गेनिङ गर्दै भने– ‘सौ रुपैयाँका तीन खिल्ली आताहे न ?’

त्यो संवाद नजिकैबाट मैले नियाली रहेको थिएँ ।

भारतीय साधु बाबासँग गाँजा किन्नेहरु नेपाली युवा प्रशस्त थिए । उनीहरू मान्छको भेष हेरेर मूल्य तोक्थे । साधुहरूले चुरोटमा हालेको एक स्टिकको ५० देखि सय रुपैयाँसम्ममा बेचिरेका थिए । कतिपय ठाउँमा चुरोटका खिल्लीमा नभरेरै मुठ्ठीका हिसाबले समेत गाँजा बेचिरहेका थिए, साधुहरू । युवाले मागे जतिको परिमाणमा निकाल्थे अनि दिन्थे, सयको दुई ओटा, तीन ओटा ।

जहाँ गाँजा बेचिन्थ्यो त्यहीँ युवाहरूको जमात भरिएको हुन्थ्यो । हेर्दा यस्तो देखिन्थ्यो बाबाहरू धार्मिक मनसँगै व्यापारमा पनि उत्तिकै सिपालु रहेछन् । कुनै व्यापारीभन्दा कम थिएन उनीहरूको बेच्ने तरिका । शिवरात्रिमा धेरै भिडभाड हुने भएकाले प्रहरी पनि धरै खटिएका थिए । तर सानोतिनो कुरा भनेर प्रहरीले त्यसलाई त्यति ख्याल गरेको देखिएन । 

नागा बाबालाई जिस्काएपछि 

म अलि माथि लागे । भस्मेश्वर घाटको पारिपट्टि चन्द्रशिवालय क्षेत्रतर्फ । केही साधुहरू सुतिरहेका थिए । सायद उनीहरुपनि गाँजामै लट्ठिएका थिए । उनीहरूको चारैतिर रमितेहरूको भीड लागेको थियो । हिन्दी भाषामा बोल्ने साधुहरूसँग नेपाली युवा पनि जानी नजानी हिन्दी भाषामै जिस्किरहेका थिए । त्यहाँ केही नागा बाबाहरूसमेत थिए ।

त्यो दृश्यले ‘पशुपतिको दर्शन, प्रेमको प्रदर्शन’ नयाँ उखान प्रचलनमा ल्याउनुपर्ने देखिन्थ्यो । साँच्चै शिवरात्रिमा पशुपति क्षेत्रको भ्रमण दर्शन तन्नेरीहरूको लागि बहाना मात्र रहेछ ।

उनीहरू नग्न अवस्थामा रहेकाले केही किशोर रोचक मान्दै हेरिएका थिए । कोही सेल्फि खिच्दै थिए । ‘बाबाजी कहाँ से आया ?’ केटाहरू सोध्थे । ‘हम हरिद्वार से आया बेटा’ नागा बाबाहरु जवाफ दिन्थे । यत्तिकैमा एउटाले कुन्नि भन्यो ती बाबा रिसाएछन् ।  उनी जोगी गर्जँदै लट्ठी ताके । उनको गर्जन सुनेपछि एकाएक सबैको सातो गयो । सबै पछि हटे ।

श्लेष्मान्तक वनमा भेटिएका मोर्डन शिव पार्वती 

त्यो दृश्यले ‘पशुपतिको दर्शन, प्रेमको प्रदर्शन’ नयाँ उखान प्रचलनमा ल्याउनुपर्ने देखिन्थ्यो । साँच्चै शिवरात्रिमा पशुपति क्षेत्रको भ्रमण दर्शन तन्नेरीहरूको लागि बहाना मात्र रहेछ । 

यसै मेसोमा मृगस्थलीको चक्कर लगाउन मन लाग्यो । त्यहाँ नयाँ पुस्तका युवकयुवतीहरू चाडपर्वलाई संस्कृति भन्दा पनि बढी मनोरञ्जन र समय व्यतीत गर्ने माध्यमको रूपमा प्रयोग गरिरहेका जस्ता देखिन्थे । केही जोडीहरू यस्ता देखिए कि सबैलाई सितैमा मनोरञ्जना दिइरहेका थिए । श्लेष्मान्तक वनतर्फको सिँढीमा नै केही प्रेम जोडीहरू एक अर्कामा माया साटासाट गर्नमा व्यस्त भेटिए । त्यो पनि सबैले देख्नेगरी । उनीहरू ओठमा ओठ मिलाउँदै लिलामा लिप्त देखिँदा लाग्यो मोर्डन शिव पार्वती हुन् ।

तर त्यो युगमा पनि शिव पार्वतीलाई पनि लोकलाजको भय थियो । पौराणिक श्लेष्मान्तक वनमा मृगको भेषमा उत्रिएका थिए । तर पशुपतिको श्लेष्मान्तक वनमा भने आधुनिक शिव पार्वतीलाई कुनै लोकजालको डर थिएन । बाटोका छेउमा बस्ने कुर्सीहरू राखिएको थिए । जहाँ खुल्लमखुल्ला प्रेम प्रदर्शन गरिरहेका भेटिए । पशुपतिको जात्रा, सिद्राको व्यापारको उखान अब पुरानो भए जस्तो लाग्यो । त्यो दृश्यले ‘पशुपतिको दर्शन, प्रेमको प्रदर्शन’ नयाँ उखान प्रचलनमा ल्याउनुपर्ने देखिन्थ्यो । साँच्चै शिवरात्रिमा पशुपति क्षेत्रको भ्रमण दर्शन तन्नेरीहरूको लागि बहाना मात्र रहेछ । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि