बैशाख १४, २०८१, शुक्रबार
               

चीनमै फेला पर्‍यो महामारी फैलिन सक्ने अर्को भाइरस

एजेन्सी
असार १६, २०७७

ADVERTISEMENT

चीनबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर महामारीको रुप लिइरहेको छ । 

यसैबीच, चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन् ।

यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

फ्लु गराउने यो भाइरस सुँगुरमा भेटिएको हो । जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने वैज्ञानिकले चेतावनी दिएका छन् ।

प्रोसिडिङ्स अफ दी नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा वैज्ञानिकले भनेका छन्, ‘सुँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’

‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने सबै गुण पाइएका छन् र यसबारे थप सुक्ष्म अनुगमन (अनुसन्धान) गर्न जरुरी छ।’

यो भाइरस आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्र रूपमा फैलिन सक्नेलगायतका सबै खालका सम्भावना देखिएको बताइएको छ ।

यो नयाँ भाइरस भएकाले यसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भन्दै सचेत रहन वैज्ञानिकले चेतावनी समेत दिएका छन् । 

-बीबीसी


कस्तो लाग्यो ?

यो पनि