बैशाख १५, २०८१, शनिबार
               

खेलाडीको इन्जुरीको कारण आरामको अभाव : एन्फा प्रतिवेदन

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घले गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज शुक्रबार भिडियो कन्फरेन्समार्फत सार्वजनिक गरेको प्रतिवेदनले खेलाडीहरू घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाएको छ । खेलाडीले एकपछि अर्को म्याच खेल्नु परेका कारण उनीहरू घाइते हुने गरेको रिपोर्टमा उल्लेख छ ।

लिगका दौरान खेलाडीहरू गोलिगाँठा, घुँडा, ग्राइनलगायत एघार प्रकारका इन्जुरी भोगेका थिए । यसको प्रमुख कारण आरामको कमी भएको रिपोर्टमा उल्लेख छ ।

यस्तै क्लबहरूले दक्ष चिकित्सकको प्रबन्ध गर्न नसक्नु, सन्तुलित पोषणको कमी र मैदानको खराब अवस्थाका कारण खेलाडीले इन्जुरीको सामना गर्नु परेको रिपोर्टमा उल्लेख गरेको छ ।

गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लब च्याम्पियन बनेको थियो । दुई अङ्कले पछि परेको त्रिभुवन आर्मी क्लब उपविजेता बनेको थियो ।


कस्तो लाग्यो ?

यो पनि