बैशाख १४, २०८१, शुक्रबार
               

नील काँडाको बोटमा गुलाफ फुल्दैन

चेतन पाण्डे
बैशाख १७, २०७७

ADVERTISEMENT

हिजोआज त जता हेर्‍यो, त्यतै बेइमान मात्र पाे देख्न थालेको छु । सपनामा पनि, विपनामा पनि । जसलाई अलि राम्रो देख्यो त्यो नै बेइमान भएर निस्कन्छन् । अनि लाग्छ, मैले जति देख्छु, सधैँ र सबै नै गलत देख्छु ।

पहिले लाग्थ्यो, नेता भनेका महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता हुन्छन् तर, समयसँगै सबै भ्रम खरानी भए । विदेशी महान नेताको छवि कहिल्यै मेरा देशका नेतामा देख्न पाइएन । दुख त लाग्छ नै ।अनि लाग्थ्यो, न्यायालय, कर्मचारी, सेना प्रहरी त पक्कै इमानदार हुनुपर्छ, नत्र देश कहाँ देश जस्तो रहला र ? तर, ती पनि सबै भ्रम बने । अनि लाग्यो, देशको अर्थतन्त्र धान्ने व्यापारी त पक्कै इमानदार हुनै पर्छ । तर भ्रम त आखिर सधैँ भ्रम नै हुँदो रहेछ । पानीको फोका झैँ । मृगतृष्णा झैँ ।

मनमा उतारेका इमान्दारिताका तस्बिरहरू बादलमा बनेका चित्र झैँ  हुँदा रहेछन् । मैले सधैँ इमानदार मानेका मेरा बाबा चाँडै मरे र, नत्र यो मुलुकको दूषित पानी खाँदा खाँदा उनी पनि एक दिन बेइमान भएरै मर्थे कि ? सोच्न बाध्य भएको छु ।

त्यो पसलमा मैले पनि एकाध पटक चिज र विदेशी चकलेट किनेर खाएको थिएँ । पसलमा शायद अहिलेका भाटभटेनी सुपर स्टोरका अरबपति मालिक वा उनकी धर्मपत्नी बस्थिन् जस्तो लाग्छ । एक पटक सुनियो पसलमा अनिष्ट भएछ ।

त्यसैले यो देशका मै हुँ भन्नेका तालमाल देख्दा चिच्याउन मन लाग्छ। पागल झैँ । न राजनेताले हाँस्न दिए, नत व्यापारीहरूले नै । त्यसमाथि के पूर्व के वर्तमान प्रहरी, के पूर्व के वर्तमान सांसद, अनि के मन्त्री, के नेता सबैको हर्कत देख्दा झन् कसरी हाँस्नु ? ती सबैलाई तह लगाउन सक्ने न्यायालयको चाला पनि निको छैन नै ।

०००

साल त याद भएन । तर, भाटभटेनी चोकबाट हाँडी गाउँ तिर लाग्दा मोडैमा दायाँतिर एउटा सटरमा कोल्ड स्टोर थियो । त्यो बेला सामान्य बोलीचालीमा त्यस्ता खुद्रा पसललाई कोल्ड स्टोर नै भनिन्थ्यो । अहिले जहाँ सानदारसँग भाटभटेनी सुपर स्टोर ठडिएको ठाउँ छ नि, हो त्यहीँ ।

त्यो पसलमा मैले पनि एकाध पटक चिज र विदेशी चकलेट किनेर खाएको थिएँ । पसलमा शायद अहिलेका भाटभटेनी सुपर स्टोरका अरबपति मालिक वा उनकी धर्मपत्नी बस्थिन् जस्तो लाग्छ । एक पटक सुनियो पसलमा अनिष्ट भएछ । साहुजी टाट पल्टिएलान् भन्दा पनि मिठो विदेशी चकलेट पाउने पसल बन्द होला कि भन्ने भय जाग्यो मनमा । तर, मैले सोचे जस्तो भएन । बिस्तारै–बिस्तारै त्यो कोल्ड स्टोर, सुपर स्टोर बन्यो । अनि कुनै समयपछि त रकेट बेगमा शाखाहरू बिस्तार हुँदै गए, देशभरि । विदेशतिर पनि । 

कुनै बेला गोलाकार चिजलाई चक्कुले काटेर बेच्ने साहुजी अरबपति बनेको देख्दा मलाई पनि खुसी नै लाग्यो । किन हो कुन्नि अरूको प्रगतिमा मलाई कहिल्यै डाह लागेन । त्यही भएर पनि होला । तर, त्यही साहुजी अहिले सामान्य लाखामरि बेच्दा पनि ठगी गर्दा रहेछन् भन्ने पढ्दा निकै दुख लाग्यो । मैले कर्मजीवी ठानेको एउटा व्यक्ति सामान्य ठगका रूपमा चित्रित हुँदा दुख पनि लाग्यो । तर, सत्यसँग को भाग्न सक्छ र । जसमाथि ललिता निवास काण्ड र भ्याट छली जस्ता करोडौँ हिनामिनाको आरोप लागेको छ, त्यो व्यक्तिले सय रुपैयाँमा किन इमान बेचे होलान् त ? ठुला काण्ड गर्नेले त सधैँ ठुलै काण्ड रच्नु नि । दिक्क लागेको छ । मानिसमा सोचको सीमा हराएको देख्दा । चाहनाका सीमा हराएको देख्दा । जे पनि चाहिने ।

कहिले काहीँ लाग्छ, मेरो मान्यता अलि खतरनाक छ । नुन चोर्नेले नुन नै चोर्नु पर्छ अनि सुन चोर्नेले सुन नै । इमानदार सधैँ इमानदार भएर बाँच्नु पर्छ, मर्नु पर्छ । बेइमानको त के कुरा । एक पटकको फटाहा सधैँको फटाहा । त्यसैले लाग्न थालेको छ, त्यस्ता फटाहाहरुले अब एक पटक आमाको दूधमा मासु चोेपेर पनि खानुपर्छ । अनि भन्नु पर्छ, स्वाद कस्ताे हुँदो रहेछ भनेर ।

शक्ति र धनलाई मान्ने समाजमा यो भन्दा अर्को कल्पना गर्नु बेकार छ । अब हाम्रो समाजमा बुद्धिजीवी होइन, धनीमानी पुजिन थालेका छन् । भगवान् होइन, राक्षसको स्तुति गाउन थालिएको छ ।

आजकाल जतिसुकै फटाहा हुन्, जति नै राक्षसी मनोवृत्तिका हुन् । उनीहरूको विरुद्धमा लेख्दा वा बोल्दा साइबर क्राइममा मुद्दा पनि चल्ने गर्छ । पूर्व सचिव भीम उपाध्यायले त्यही आरोपमा केही दिन जेलमा बिताउनु पर्‍यो । त्यसमा भने दुख लाग्यो । तर, हामी पत्रकारलाई लेख्न केही विशेष छुट छ, आजसम्म । भोलि के होला थाहा छैन । देश चलाउनेहरू रक्सी खुवाएर छाडा छोडिएको राँगा झैँ जो बनेका छन् । कति बेला अगाडिबाट हान्छन् कि पछाडिबाट थाहै नहुने ।

लाग्यो, हामीले कस्तो लोकतन्त्रको जग खनेका रहेछौँ । जहाँ कालोलाई कालो भन्न मिल्दैन । आकाशलाई आकाश र धर्तीलाई धर्ती भन्न मिल्दैन । अकासमा उड्नेलाई चरा भन्न मिल्दैन । जङ्गलमा विचरण गर्नेलाई जनावर भन्न मिल्दैन । अनि चोरलाई चोर, डाँकालाई डाँका र अपहरणकारी अपहरणकारी भन्न मिल्दैन । कहिल्यै कामना गरिएको थिएन, यस्तो निरीह राज्यको । कठोर सत्ता र शासकको ।

अर्का यस्तै व्यापारीको दुस्साहसको समाचार प्रकाशित यो अनलाइनको टोलीले झन्डै जेलमा केही रात बिताउनु नपरेको । हामी पनि झन्डै भीम उपाध्याय बनेनौँ । तगडै षडयन्त्र रचिएको रहेछ । अदालतले जे निर्णय गरोस्, गरोस्, त्योभन्दा अगाडि केही दिन जेलमा कोचेर हाम्रो सेखी झर्ने योजनामा रहेछन् । एउटा धनाढ्य वर्ग । 

धन्य छ, पत्रकारिताको लेबल झुन्डाइएको अनि आफ्ना केही परम हितैषीका कारण हामी जेल गएनौँ । अरबपति व्यापारीको दबाबलाई हाम्रा हितैषी र हाम्रो अठोटले निस्तेज पारिदियो । सफलताको ठुलै बिल्ला भिरेको एउटा ‘फाइव स्टार’ अस्पतालले त्यहाँ कार्यरत कर्मचारीलाई कोरोनाको महामारीका बेला तलब दिन सक्दिन भनेर अहिलेसम्म निकालेको त छैन होला तर, त्यस्तो तयारी हुन लागेको समाचार लेख्दा नै हामी उनका महान् शत्रु बन्यौँ । त्यहाँका ‘टप लेबल’ का कर्मचारीले हस्ताक्षर गरेरै हामीलाई कारबाही गर्न जहाँतहीँ चिठ्ठी लेखे । कुनै बेला एक दुई पटक उनीसँग बोलिएको थियो । त्यस्ता व्यक्तिलाई चिनेको थिएँ भन्न अलि घिन लाग्छ नै । त्यसैले अब चिन्न छाडेँ । मलाई घृणा लाग्छ, दिक्क लाग्छ, कुनै बेला मैले मन नभएकाहरूसँग पनि बोलेको थिएँ भनेर सोच्दा समेत ।

तर, ती व्यापारिक घरानाहरूले एउटै महान् काम गरे । मन उदार र सेतो नै भएर त होला नि, काम कालो भए पनि । कोरोना राहत कोषमा करोड–करोड रुपैयाँ दान दिन मन फुकाएका । तर, क्षणभर मै मन अमिलो बन्यो । सफा आकाशमा कालो बादल मडारिए झैँ । मनमा लाग्यो, त्यत्रो धनराशि दान दिन सक्नेले किन लाखामरिमा जाबो एक सय रुपैयाँ बढी नाफा खाएर बेच्नु पर्थ्यो र ? नत्र किन लकडाउनको एकै महिना पनि नबित्दै आफ्ना कर्मचारीलाई जागिरबाट निकाल्ने षडयन्त्र रच्नु पर्थ्यो र ? 

कहिले काहीँ लाग्छ । नेता, व्यापारी र प्रहरी भनेका भालुका कम्पट हुन् । समात्दा हात फतक्क गल्ने, अनि छाडौँ भने आफैँलाई खाइ देलान् भन्ने डर । 

त्यसैले त लेख्न मन लाग्दैन नि, त्यस्ता व्यापारीका बारेमा । अनि लेख्न मन लाग्दैन अपहरणकारी सांसद र पूर्व प्रहरीका बारेमा । अनि के लेख्नु र खै ! लक्ष्मी प्राप्तिका लागि भस्मासुरको तपस्या गर्नेहरूका बारेमा ।

जब मुलुकका ड्राइभर नै यस्ता भक्षकका रक्षक बन्छन् । अनि कसरी विश्वास गर्नु लोकतन्त्र सबैभन्दा उदार व्यवस्था हो भनेर । जहाँ पूर्वप्रधानमन्त्रीले आफ्नो सांसद अपहरणमा परेको निवेदन प्रहरीमा दर्ता गराउन सक्दैनन् । जहाँका सरकारी वकिल र प्रहरीले पूर्व प्रधानमन्त्री र देश कै तेस्रो ठुलो दलका नेतालाई मान्छे गन्दैनन् । यो सबै सत्ता र शक्तिको खेल रहेछ । कथंकदाचित ती व्यक्ति फेरी सत्तामा फर्किए भने उनको दैलोमा दाम चढाउन जानेहरूमा उनीहरू पनि अवश्य अगाडि हुने नै छन् ।

एउटा कुरो पक्का छ । समाजमा जसको नचाहिँदो आडम्बर बढी हुन्छ, घमन्ड बढी हुन्छ । उसको मन पनि त्यति नै कालो हुन्छ, उसको पेसा जस्तै । नत्र हिजोका ड्राइभर, खलासी, खुद्रे व्यापारीहरू आज सजिलै अरबपति बन्दैन थिए होलान् नै । जसरी कुनै विषादी छरेर दुई दिनमा फुललाई फल बनाइए झैँ ।

पशुपतिदेव पाण्डे, नाताले मेरा मामा बाजे । महेन्द्रको पञ्चायती शासन व्यवस्थाका हर्ताकर्ता मध्ये एक । कहिल्यै मन्त्री बनेनन् तर, उनको चाहना विपरीत त्यस बेला कोही मन्त्री पनि बन्न सक्दैन थिए रे । पुराना पञ्चहरूलाई यो कुरा राम्रोसँग थाहा छ । दरबारको सङ्गतले उनी मजासँगै रक्सी पिउने गर्थे । अनि पिएको बेला भन्थे, ‘यो देशमा व्यापारी भनेका नामका मात्रका पात्र हुन् । उनीहरूले चलाएका पैसा दरबार कै हो ।’ त्यो समयमा राजालाई व्यापारमा लगानी गर्ने छुट थिएन । त्यसैले केही व्यक्तिको नाममा व्यापार गर्थे, राजाहरू । ती व्यक्तिहरू आज सफल व्यापारी बनेका छन् । उनले त्यस्ता व्यापारीको नाम पनि लिन्थे । तर, अब प्रमाणित गर्न असम्भव हुने ती नाम कोट्याएर विवादमा आउने रहर पनि छैन मलाई ।

हिजोआज पनि त नव धनाढ्य कहलिनेहरूलाई काला धन थुपारेकाहरूले लगानी गरेको चर्चा चल्ने गर्छ नै । त्यस्ता चर्चा चल्दा म मेरा मरेका मामा बाजेलाई सम्झन्छु । आजकाल त विज्ञानले धेरै प्रगति गर्‍यो र पो । नत्र भनिने गरिन्थ्यो नि, मानिसलाई जन्म दिने आमा–बाबु आफ्नै हो भन्ने प्रमाणित गर्न दियो भने उनीहरूले नचाहेसम्म कहिल्यै प्रमाणित गर्न सक्दैन रे । हो त्यस्तै कठिनाइ पर्छ, सेता होस् वा काला । हरेक कर्तुतलाई प्रमाणित गर्न । त्यसमाथि लोकतन्त्रको उल्टो प्रयोग भइरहेको मुलुकमा त असम्भव नै छ ।

तर, एउटा कुरो पक्का छ । समाजमा जसको नचाहिँदो आडम्बर बढी हुन्छ, घमन्ड बढी हुन्छ । उसको मन पनि त्यति नै कालो हुन्छ, उसको पेसा जस्तै । नत्र हिजोका ड्राइभर, खलासी, खुद्रे व्यापारीहरू आज सजिलै अरबपति बन्दैन थिए होलान् नै । जसरी कुनै विषादी छरेर दुई दिनमा फुललाई फल बनाइए झैँ ।

त्यसैले अब हाम्रो समाजमा अमृत हैन, विष वृक्षको उत्पादन बढ्दो छ । इमानदार हैन, बेइमानको इज्जत बढ्दो छ । फूल हैन, काँडाको संरक्षण बढ्दो छ । हुनत नील काँडाको बोटमा गुलाफ फुल्छ भनेर कल्पना गर्नु पनि बेकार नै हुन्छ ।

पशुपतिनाथले हाम्रो रक्षा गरुन् ! अस्तु ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि