बैशाख १५, २०८१, शनिबार
               

इंग्ल्याण्डले ५७८ रन जोड्दा जोए रुट एक्लैले जोडे २ सय १८ रन

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

भारतविरुद्धको दुई टेस्ट क्रिकेटको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्याण्डले ५ सय ७८ रन जोडेको छ। इंग्ल्याण्डका कप्तान जोए रुट एक्लैले २ सय १८ रन जोडे ।

बेन स्टोक्सले ८२ र डम सिब्लीले ८७ रन बनाए । ५५५-८ को स्थितीबाट तेस्रो दिनको खेल अगाडि बढाएको इंग्ल्याण्डले थप २३ रन जोड्दा बाँकी दुई विकेट गुमाएको थियो । भारतका बलर जसप्रित बुमराह र रविचन्द्रन आश्विनले तीन तीन विकेट लिए । इशान्त शर्मा सहबाज नदीमले दुई दुई विकेट हात पारे ।

भारतले पहिलो पालीमा कमजोर सुरुवात गरेको छ। भारतले यो समाचार तयार पार्दासम्म २ विकेट गुमाएर ५९ रन जोडेको छ। भारतका रोहित शर्मा ६ र सुबमन जिलले २९ रन बनाए । दुवै विकेट जोफ्रा आर्चरले हात पारे। चेतेश्वर पुजारा २० र विराट कोहली चार रनमा खेल्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि