बैशाख १४, २०८१, शुक्रबार
               

उपाधि जित्न एपीएफलाई २१२ रनको लक्ष्य

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २११ रन बनायो ।

आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे । मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोड्दा आउट भए ।

त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११/११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए । एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । यस्तै प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि