बैशाख १४, २०८१, शुक्रबार
               

सोमपालले डेब्यु गरेकाे खेलमा अरेबियन्स विजयी

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी सम्मिलित मराठा अरेबियन्सले विजयी सुरुवात गरेकाे छ । आबुधाबी टि१० लिग पहिलो खेलमा नर्थन वारियार्स दिएकाे १२८ रनको लक्ष्य अरेबियन्सले अन्तिम बलमा भेटाएकाे हाे । 

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्थनले १० ओभरमा २ विकेट गुमाउँदै १२७ रन बनायो । उक्त लक्ष्य पछ्याएकाे अरेबियन्सले ५ विकेटकाे क्षतिमा अन्तिम बलमा पुरा गर्दै जित दर्ता गरेकाे हाे । 

यस्ताे रह्यो सोमपालको दुई ओभर

इनिङकै पहिलो ओभर बलिङ गरेका सोमपालले पहिलो बलमा ब्रेन्डन किंगलाई डट गराएका थिए । दोस्रो बलमा किंगले ठूलो सट खेल्न खोज्दा टप एज लागेपछि डिप स्क्वायर लेगमा जाभेद अहमादीले क्याच लिन नसक्दा सोमपाल विकेट लिनबाट चुके । त्यसक्रममा किंग २ रन जोड्दै खाता खोल्न सफल रहे ।

तेस्रो बलमा किंगले डिप मिड विकेटतर्फ छक्का प्रहार गरे । चौथो बलमा किंगले रन जोड्न सकेनन् । पाँचौ बलमा सोमपालले उत्कृष्ट योर्कर फ्याँक्दै रन जोड्न दिएनन् । ओभरको अन्तिम बलमा सोमपालले बाउन्सर फाल्दै किंगलाई बिट गर्न सफल रहे । पहिलो ओभरमा उनले ८ रन खर्चे ।

सोमपल १० औं ओभरमा बलिङमा आएका थिए । पहिलो बलमा डीप स्क्वायर लेगमा सिमन्सले चौका प्रहार गरे । सोमपाललाई चौका प्रहार गर्दै सिमन्सले २९ बलमा अर्धशतक प्रहार गरेका थिए । दोस्रो अफ फुलटस बलमा सिमन्सले तीन रन जोडेका थिए । तेस्रो बलमा पवेलले चौका प्रहार गरे ।

चौथो बलमा एक रन दिए । चौथो योर्कर बलमा एक रन बटुलेका थिए । पाँचौं बलमा उनले दुई रन दिएका थिए । त्यसपछि वाइड फाले । अन्तिम बलमा सोमपाललाई डिप मिडविकेटमा छक्का प्रहार गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि