बैशाख १५, २०८१, शनिबार
               

पीएम कपमा आर्मीलाई २४१ रनको लक्ष्य

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २४० रन बनायो ।

आर्मीका हरि चौहानले ५ विकेट लिए । साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १/१ विकेट लिए । आज आर्मी र एपीएफ जित निकाल्ने लक्ष्यसहित खेलिरहेका छन् । 

समूह 'ए' मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर, यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।

त्यसैले दुबै टिम जित निकाल्दै समूह विजेता बन्दै अन्तिम चारमा पुग्न चाहन्छ । 


कस्तो लाग्यो ?

यो पनि