बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल ओपनमा पारा विधा थप

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ ।

यसअघि, पुम्से र हाइ स्पिड किक मात्र राखिएकोमा पारा खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले पारा विधा पनि थपिएको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार नेपाल, थाइल्यान्ड, मेक्सिको, भेनेन्जुएला र बुरुन्डीबाट ११ खेलाडी सहभागी हुने छन् । सबैको दर्ता शुल्क निःशुल्क गरिएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते हुँदै छ । प्रतियोगितामा ३१ राष्ट्रबाट १ हजार ३ सय १५ खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन हुने प्रतियोगिताको पुम्सेतर्फ ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । ५ नेपाली र ७ विदेशी गरी १२ निर्णायकले प्रतियोगिता सञ्चालन गर्ने छन् । प्रतियोगिताको तयारी लगभग पूरा भएको संयोजक श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि