बैशाख १४, २०८१, शुक्रबार
               

भारतमा १९ वर्षीया किशोरी मुख्यमन्त्री

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा एक १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्ने भएकी छन् । उत्तराखण्डको राज्यमा १९ वर्षीया ती किशोरीलाई आज राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको विभिन्न समाचार माध्यममा जनाइएको छ ।

उक्त राज्यको हरिद्वारस्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई एक दिनको लागि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागिएको बताइएको छ‌ । उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार ती किशोरीलाई आज एक दिनका लागि मुख्यमन्त्री नियुक्त गरिने छ ‌।

​मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि गोस्वामीलाई सरकारी अधिकारीहरूले आफ्नो कामबारे रिपोर्टिङ गर्ने र त्यसमाथि सृष्टिले जवाफ दिने छन् ।


कस्तो लाग्यो ?

यो पनि