बैशाख १५, २०८१, शनिबार
               

सुदूरपश्चिम पीएम कपबाट बाहिरियो

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशसँग पराजित भएसँगै सुदूरपश्चिम प्रदेश बाहिरिएकाे छ । पहिलो खेलमा बागमतिसँग हारेकाे सुदूरपश्चिमकाे यो लगातार तेस्रो हार हो ।

मुलपानी क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । यस्तै अनिल खरेल र बिक्रम भुसालले २/२ विकेट लिए । जितसंगै समूह 'बी' को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ ।


कस्तो लाग्यो ?

यो पनि