बैशाख १५, २०८१, शनिबार
               

पीएम कप : आर्मी र पुलिस विजयी

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी प्रदेश १ माथि ४ विकेटले विजयी भएको हो।

प्रदेश १ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । आर्मीको जितमा रोहितकुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का हिर्काउँदै सर्वाधिक ३६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४० ओभर १ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । उसका लागि विवेक मेहेताले ८३ बलमा ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले ।

यता विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए  ।अमित श्रेष्ठ १ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै ११० बनाएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४/४ विकेट लिए । जितसंगै पुलिसले २ खेलमा २ अंक जोडेको छ ।


कस्तो लाग्यो ?

यो पनि