बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल हुँदै

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुईवटा खेल हुँदै छन् ।

समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले टियु मैदानमा प्रतिस्पर्धा गर्नेछन् भने मुलपानी मैदानमा समुह ‘ए’ अन्तर्गत गण्डकी प्रदेश र प्रदेश–१ ले प्रतिस्पर्धा गर्नेछन् ।

दुवै खेल बिहान ९ बजे सुरु हुने जनाइएको  छ  ।

यसअघि, बागमती प्रदेशले प्रतियोगिताको सुरुवात डिफेन्डिङ च्याम्पियन विभागीय टोलीलाई ७ विकेटले पराजित गर्दै गरेको छ । सुदूरपश्चिमविरुद्धको जितले बागमतीको सेमिफाइनल यात्रा सहज हुनेछ । 

सुदूरपश्चिमले प्रतियोगिताको सुरुवात जितको साथ गर्न ज्ञानेन्द्र मल्ल कप्तानीको टिमलाई पराजित गर्नुपर्नेछ । गण्डकी प्रदेशले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग हार बेहोरिसकेको छ ।  प्रदेश–१ ले पनि आर्मीसँग हार बेहोरेकोले जितको साथ पुनरागमन गर्दै प्रतियोगितामा अघि बढ्न चाहन्छ ।


कस्तो लाग्यो ?

यो पनि