बैशाख १४, २०८१, शुक्रबार
               

सैनिकको कारबाहीमा कङ्गोमा ४६ जना विद्रोही मारिए

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

बुनिया । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सुरक्षा सैनिकको कारबाहीमा परी कम्तीमा ४६ जना विद्रोही मारिएका छन् । देशको इटुरी प्रान्तमा बुधबार राति अवेरदेखि बिहीबार भएको घटनामा परी उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका हुन् ।

एलाईड डेमोक्र्याटिक फोर्स (एडीएफ) मा आवद्ध विद्रोहीहरू मारिएको प्रान्तीय गृहमन्त्री अजीओ गिगीले बताए । घटनामा परी एक महिला र दुई बर्षीय एक बच्चा मात्रै घाइते भएको जनाइएको छ । एडीएफ विद्रोही समूहले गत बर्षदेखि आफ्ना गतिविधिहरूलाई इटुरी र दक्षिण किभु प्रान्तमा विस्तार गरेको छ ।  


कस्तो लाग्यो ?

यो पनि