बैशाख २६, २०८१, बुधबार
               

कर्नाटकमा बस र ट्रक ठोक्किँदा १० महिलासहित ११ को मृत्यु

एजेन्सी
माघ ०२, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ ।

समाचारमा बताइएअनुसार एउटा मिनीबस र विपरीत दिशाबाट आएको ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ ।

सो दुर्घटनामा परेर उक्त बसका चालकसहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा १० जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ ।

सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमिटर पर पर्दछ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ ।

ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए। उनीहरु गोवा जान लागेको पनि प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि