बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

हेटौँडा । आउँदो माघ २ गतेदेखि हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि वाग्मती प्रदेशले टिमको घोषणा गरेको छ । उक्त टिममा मकवानपुरका चार खेलाडीसमेत अटाएका छन् ।

वाग्मती प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पका लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेको टिममा मकवानपुरका रामनरेश गिरी, रिजन ढकाल, तक्षक सिम्खडा र विशाल फुँयाल रहेका छन् ।

पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट त्रिभुवन क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदै छ । उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

यो पनि