बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनामुक्त भए सन्दीप, बिग बास खेल्न कहिँले जाँदैछन् अष्ट्रेलिया ?

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले आफू कोरोनाबाट मुक्त भएको जानकारी गराएका हुन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोना संक्रमित भएका थिए ।

पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनी सेल्फ आइसोलेशनमा बसेका थिए । 

आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि सन्दीप ह्याम्स अस्पताल भर्ना गभएका थिए ।

अब केही दिन आराम गरेपछि उनी बिग बास लिग खेल्न अष्ट्रेलिया जानेछन् । 

अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग बास लिग सुरु हुँदैछ ।

उनी तेस्रोपटक बिग बास लिग खेल्ने तयारीमा छन् । 

यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन् ।


कस्तो लाग्यो ?

यो पनि