बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस ११ देखि

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

नेपाल क्रिकेट संघ क्यानले पुस ११ गतेदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताकाे आयोजना गर्ने भएको छ । दाङको लमही क्रिकेट मैदानमा हुने सो प्रतियागिताका लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको छ ।

संघले मंसिर २१ गतेसम्म जिल्ला टिम छनोट गर्न भनेको छ । क्यानले महिला टिम छनोटका लागि संघबाट २० हजार रुपैयाँ र एक दर्जन बल उपलब्ध गराउने भएको छ भने यसअघि नै टिम छनोट भएको भए सोही टिमलाई निरन्तरता दिने भनेको छ । 

यस्तै टिम छनौट गर्दा विवादरहित तरिकाले निस्पक्ष रुपमा गर्न भनेको छ । कारोनाको महामारीका बेला हुन लागेको प्रतियोगिताका लागि क्याम्प राख्दा सम्बन्धित जिल्लाको स्थानीय तहबाट स्वीकृति लिन भनेको छ । 

यस्तै प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता २०७७ पुस ७ गतेसम्म सम्पन्न गर्नुपर्ने भनिएको छ । जिल्ला टिम छनौटको बलि भर्पाईसहितको प्रतिबेदन संघमा पेश गरेपछि मात्र अनुदान रकम निकाशा गरिने क्यानले बताएको छ । 

दक्षिण एशियाली खेलकुद सागपछि महिला क्रिकेटको कुनै पनि प्रतियोगिता भएको छैन । अझै पनि आइसीसी र एसीसीले कुनै पनि प्रतियोगिताको मिति एकिन नगर्दा क्यानले महिला टिमको प्रशिक्षण कहिले गर्ने भनेर भनेको छैन । तर अब प्रधानमन्त्री कप महिला क्रिकेटबाट क्यानले महिला खेलाडीलाई ब्यस्त बनाउने योजना बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि