बैशाख २०, २०८१, बिहीबार
               

बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुने

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज कोरोना परीक्षण हुने भएको छ ।

भोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा २२ खेलाडी सहभागी हुनेछन् । बन्द प्रशिक्षण अघि आज सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने भएको छ । नेपाली राष्ट्रिय टोलीका फिजिओ विक्रम न्यौपानेका अनुसार खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण बन्द प्रशिक्षण नौ महिना ढिला हुन लागेको हो । बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाण्डौ आइसकेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आवश्यक सबै सावधानी अपनाएर बन्द प्रशिक्षण गर्ने बताए । टोलीको प्रशिक्षकमा जगत टमाटा रहेका छन् । नेपालले विश्वकप लिग क्रिकेट दुई अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । 

प्रशिक्षणमा सहभागी हुने खेलाडीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, कारण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि