बैशाख १४, २०८१, शुक्रबार
               

नवनिर्वाचीत अमेरिकी राष्ट्रपति बाइडेनलाई ह्वाइटहाउस प्रवेशमा रोक लगाउन खोज्दै ट्रम्प

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

एजेन्सी । नवनिर्वाचीत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस प्रवेशमा पुनः रोक लगाउने प्रयास गरेका छन् ।

उनले मिसिगनका रिपब्लिकन पार्टी पदाधिकारीहरुले मत प्रमाणित गर्ने प्रक्रिया २ साता रोक्न राज्य चुनाव आयोगलाई आग्रह गरेको विभिन्न समाचार माध्यममा जनाइएको छ ।

उनीहरुले मिसिगनको डेट्रोइटको मत पुनः परीक्षण गर्न आग्रह गरेको र यद्यपि मिसिगनका स्टेट डिपार्टमेन्टले यस किसिमको ढिलाइ गैरकानुनी भएको बताउँदै अस्वीकार गरेको बताइएको छ । 

प्राप्त जानकारीअनुसार मिसिगनको चुनावी आयोगमा २ डेमोक्रेट र २ रिपब्लिकन समर्थक छन् । आयोगले चुनावी परिणामलाई औपचारिक रुपमा प्रमाणित गर्न सोमबार बैठक गर्दैछन् ।

उक्त निर्णयलाई मिसिगनका सेक्रेटरी अफ स्टेट र गभर्नरले अनुमोदन गर्नुपर्नेछ। दुवै जना डेमोक्रेट भएकाले चुनावी परिणामको परिवर्तनलाई समर्थन नगर्ने आँकलन गरिएको जनाइएको छ । ट्रम्पले मिसिगनका रिपब्लिकन सांसदलाई शुक्रबार ह्वाइटहाउस बोलाएर छलफल गरेको बताइएको छ ।

यो पनि