बैशाख ०८, २०८१, शनिबार
               

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

नेपाल फ्ल्यास
कात्तिक २२, २०७७

ADVERTISEMENT

जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्।

पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार ७८ वर्षीय जो बाइडेन अमेरिकाको ४६‍औँ राष्ट्रपति बन्न सफल भएका हुन् । 
बिबिसीको प्रक्षेपणअनुसार सो राज्यमा विजय भएसँगै उनले कुल २७३ इलेक्टरल कलेज मत प्राप्त गर्नेछन् । जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो। 

तर,  ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ। यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन यसअघि  कुनै पनि अमेरिकी राष्ट्रपतिले सो मत प्राप्त गरेका थिएनन् । 

मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।

बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।

यो पनि