बैशाख १४, २०८१, शुक्रबार
               

जो बाइडेनलाई कडा सुरक्षा प्रदान

एजेन्सी
कात्तिक २२, २०७७

ADVERTISEMENT

अमेरिकाको नयाँ राष्ट्रपति बन्ने सम्भावना बलियो हुँदै गएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई कडा सुरक्षा प्रदान गरिएको छ ।

हालसम्मको मतगणना हेर्दा गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।

राष्ट्रपतिको निर्वाचन जित्ने अवस्थामा पुगेपछि बाइडेनलाई अमेरिकी गुप्तचर सेवाले कडा सुरक्षा प्रदान गर्न विशेष टोली खटाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

हाल अमेरिकाको नेभाडा, पेन्सेलभेनिया, एरिजोना र जोर्जिया राज्यमा मतगणना जारी छ। 

यी राज्यहरुमा पनि बाइडेनको मत ट्रम्पको भन्दा बढी छ ।


कस्तो लाग्यो ?

यो पनि