बैशाख १५, २०८१, शनिबार
               

दिल्लीलाई फाइनलमा पुग्न २०१ रनकाे विशाल लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०० रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ५५ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेका हार्दिक पान्ड्या १४ बलमा ३७ रनमा अविजित रहे ।

दिल्लीका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर प्रमुख तीन विकेट लिए । मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए ।  ४ ओभरमा साम्सले ४४ र रबाडाले ४२ रन खर्चिदा विकेटबिहिन बने ।


कस्तो लाग्यो ?

यो पनि