मंसिर ०७, २०८१, शुक्रबार
               

अमेरिकामा राष्ट्रपतिको चुनाव : बाइडेन जीतको नजिक, ट्रम्पले दिए धम्की

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ । मतदान भइसके पनि गणना भने भइरहेको छ । उक्त राष्ट्रपतीय चुनावमा डेमोक्रेट उम्मेदवार जो बाइडेनले जित्ने सम्भावना देखिएको छ । उनि जीतको नजिक पुगेका हुन् ।

समाचारमा जनाइए अनुसार पछिल्लो मतगणना अनुसार बाइडेनले २४३ इलेक्ट्रोल मत पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मत पाएका छन् । ​बाइडेनलाई अब जित्न आवश्यक २७ इलेक्ट्रोल मत आवश्यक रहेको छ । बाइडेनले अब दुई राज्य नेभाडा र एरिजोनामा अहिले बनाएको अग्रता कायम राखेमा निर्वाचन जित्ने भएका छन् ।

ट्रम्पले भने मत गणनामा धाधली भएको भन्दै कानुनी दाउपेचमा लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफुहरुलाई समावेश नगराएको भन्दै अदालत गएका छन् ।

साथै, ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाधली भएको भन्दै यो मत गणना हुन नहुने बताउँदै आएका छन् । कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान गर्ने अभियान नै चलाएकाले पोस्टल ब्यालेटमा डेमोक्रेटहरुको मत धेरै रहेको जनाइएको छ ।
 

यो पनि