बैशाख १५, २०८१, शनिबार
               

ट्रम्प भर्सेस बाइडेन : सुरुवाती मतगणनामा को अघि ?

एजेन्सी
कात्तिक १९, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । 

मतगणनाको सुरुवाती चरणमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता लिइरहेका छन् ।

हालसम्म बाइडेनले २१३ इलेक्टोरल मत हासिल गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले १३६ इलेक्टोरल मत पाएका छन् ।

यद्यपि अहिले नै कसले जित्छ, भन्न सकिने अवस्था नरहेको विश्लेषकहरुको टिप्पणी छ ।

अमेरिकाको राष्ट्रपति बन्न उम्मेदवारले २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ ।

कडा प्रतिस्पर्धा रहेका फ्लोरिडा, नर्थ क्यरोलाइना, ओहायोजस्ता राज्यमा भने ट्रम्प अघि देखिएका छन् । 

यो पनि