बैशाख १३, २०८१, बिहीबार
               

कसले जित्ला यसपटकको आइपिएल ?

विवश कुलुङ
कात्तिक १९, २०७७

ADVERTISEMENT

काठमाडौं । आइपिएलको प्लेअफ समीकरण पुरा भएको छ । आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैङलोरले प्लेअफमा स्थान बनाएका हुन् ।

प्लेअफकाे पहिलो क्वालिफायर खेल मुम्बइ इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । विजेताले सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले तेस्रो र चौथो स्थानमा रहेका टिमबीचको विजेतासँग खेल खेल्नेछ । आइपिएलमा हालसम्म दिल्ली र मुम्बइकाे खेल रेकर्ड हेर्दा मुम्बई अगाडि छ । जारी आइपिएलमा पनि दिल्लीले मुम्बईसँग एक खेल पनि जित्न सकेकाे छैन । हालसम्म दिल्ली र मुम्बइबीच २६ खेल भएकाेमा १४ पटक मुम्बई जित्दा दिल्लीले १२ पटक जितेको थियो । 

आइपिएलकाे सर्वाधिक सफल मुम्बई इन्डियन्सले हालसम्म ४ पटक उपाधि जित्दा १ पटक फाइनलमा पराजित भएको छ । सन् २००८ यता मुम्बई इन्डियन्स ८ पटक प्लेअफमा पुगेकाे टिम हाे । यस पटककाे आइपिएलमा मुम्बइका लागि क्विन्टन डी कक, सूर्यकुमार यादव, जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट उत्कृष्ट लयमा छन् । मुम्बइलगातार दोस्राे तथा पाचौं पटक उपाधि कब्वा गर्ने सोचमा छ । 

दिल्ली क्यापिटल्सले हालसम्म आइपिएल उपाधि जित्न सकेकाे छैन । हालसम्म २ फटक प्लेअफमा स्थान बनाएकाे छ । दिल्लीले सन् २०१२ र २०१९ मा प्लेअफ खेलेका छन् । दुवै पटक तेस्राे हुँदै बाहिरिएकाे टिम हाे दिल्ली । यस पटककाे खेलमा दिल्लीका लागि आइपिएल जित्न अब दुई खेल मात्र बाँकी छ । तर दिल्लीका लागि सहज भने छैन । जारी आइपिएलमा मुम्बईलाई एक पटक पनि जित्न नसकेकाे दिल्लीले आइपिएल जित्न भोलि मुम्बइलाई हराउनुपर्छ । दिल्लीका लागि शिखर धवन, श्रेयस ऐर, कागिसो रबाडा र  एनरिच नोर्किया उत्कृष्ट लयमा छन् । 

इलिमेटर खेल तेस्राे स्थानमा रहेकाे सनराइजर्स हैदराबाद र चौथो स्थानकाे रोयल च्यालेन्जर्स बैङलोरबीच हुनेछ । विजेता टिमले दोस्राे क्वालिफायर हुँदै फाइनलसम्मकाे यात्रा तय गर्न सक्नेछ भने पराजित टिमले चौथो स्थानमा चित्त बुझाउनुपर्नेछ । आइपिएल रेकर्डमा हालसम्म सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैङलोरबीच १५ खेल भएकाेमा सनराइजर्स हैदराबाद ८ र रोयल च्यालेन्जर्स बैङलोर ७ पटक जितेकाे छ । पछिल्लाे जारी आइपिएल २०२० मा २ खेल हुँदा पनि १/१ खेल दुवै टोलीले जितेका छन् । पहिलाे खेल सनराइजर्स हैदराबादले आफ्नो पक्षमा लिँदा दाेस्राे खेल रोयल च्यालेन्जर्स बैङलोरलाई सुम्पेकाे छ । 

यस वर्षकाे आइपिएलमा सनराइजर्स हैदराबादका लागि डेभिड वार्नर, सन्दीप शर्मा, मनिश पाण्डे र रशिद खान उत्कृष्ट लयमा रहेकाे खेलाडी हुन् । एक पटक उपाधि जितेको सनराइजर्स हैदराबाद हालसम्म ५ पटक प्लेअफ खेलिसकेकाे टिम हाे भने एक पटक फाइनलमा पराजित टिम हाे । अहिलेसम्मको नतिजा हेर्दा आइपिएलमा रोयल च्यालेन्जर्स बैङलोर सबैभन्दा अभागी टिम हाे । उसले हालसम्म ३ पटक फाइनल खेलिसके पनि उपाधि जित्नबाट बञ्चित छ । रोयल च्यालेन्जर्स बैङलोरले यस पटकसहित ६ पटक प्लेअफमा स्थान बनाइसकेकाे छ । यस वर्षकाे आइपिएलमा रोयल च्यालेन्जर्स बैङलोरका लागि विराट कोहली, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल र क्रिस मोरिस उत्कृष्ट लयमा छन् । 

मुम्बइले सन् १०१३, १०१५, १०१७ र २०१९ मा उपाधि जितेको थियो । सनराइजर्स हैदराबादले सन् २०१६काे आइपिएल जितेको थियो । सन् २००८ देखि सुरु भएको आइपिएलमा हालसम्म दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङलोरले उपाधि जित्न सकेको छैन । रोयल च्यालेन्जर्स बैङलोर ३ पटक फाइनलमा पराजित भएको छ । रोयल च्यालेन्जर्स बैङलोरले सन् २००९, २०११ र २०१६ मा फाइनल खेले पनि उपाधि जित्न सकेकाे छैन । 

कुलुङ नेपाल फ्ल्यासका डेस्क सम्पादक हुन् । उनी समसामयिक विषयमा कलम चलाउँछन् । विशेष गरी उनी पर्यटन एव‌‌‌म् खेलकुदसँग सम्बन्धित विषयमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि