बैशाख १४, २०८१, शुक्रबार
               

पाकिस्तानविरुद्ध सुपर ओभरमा जिम्बावे विजयी

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

पाकिस्तानविरुद्धकाे एकदिवसीय सिरिज अन्तर्गतकाे अन्तिम खेलमा जिम्बावे सुपर ओभरमा विजयी भएकाे छ । सुपर ओभरमा पाकिस्तानले २ रन मात्रै बनाउन सक्याे । तीन रनकाे लक्ष्य जिम्बावेले पुरा गरेपछि क्लिन स्वीप हुनबाट जाेगियाे । जसका कारण पाकिस्तानले २-१ ले सिरिज जितेकाे छ ।

रावलपिण्डी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाउँदै २७८ रन बनायो । खराव सुरुवात गरेको जिम्बावेको पारीलाई सिन विलियम्सले सम्हालेका थिए । उनले जिम्बावेका लागि शतकीय योगदान गरेका थिए ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको जिम्बावेले चार रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २२ रन हुँदा तेस्रो विकेट झरेको थियो ।

जिम्बावेका ब्रायन चरी नौ रनमा आउट भए भने कप्तान चमु चिबाबाले खाता खोल्न सकेनन् । यस्तै क्रेग इरभिन एक रनमा आउट भए । त्यसपछि ब्रान्डोन टेलरले ५६ रनको योगदान गर्दै विलियम्ससँग राम्रो साझेदारी गरेका थिए । यस्तै वेस्ले मधेभेराले ३३ रन जोडे ।

टिमका लागि बलियो प्रदर्शन गरेका विलियम्सल ११८ रनको योगदान गरे । यस्तै सिकन्दर राजाले ४५ रन बनाए ।
बलिङमा पाकिस्तानका लागि डेब्यु गरेका मोहम्मद हसनेनले पाँच विकेट लिए । एकदिवसिय क्रिकेटमा उनी डेब्यु खेलमा नै पाँच विकेट लिने १५ औं खेलाडी बनेका छन् भने पाकिस्तानका लागि पहिलो खेलाडी बनेका छन् ।

जिम्बावेले दिएको २७९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ९ विकेट गुमाएर २७८ रन मात्रै बनाएकाे थियाे । अन्तिम बलमा पाकिस्तानलाई जित्नका लागि ५ रन आवश्यक परेका बेला चार मात्रै आएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले शतकीय पारि खेले । उनी ४९ औं ओभरमा १२५ रन बनाएर आउट भएका थिए ।

पाकिस्तानका वहाव रियाजले ५२ रन बनाएका थिए । जिम्बावेका ब्लेसिङ मुजरबानीले ५ विकेट लिए । डोनाल्ड त्रिपानो र रिचर्डले समान दुई/दुई विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि