बैशाख १५, २०८१, शनिबार
               

दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो।

फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो।

यो फैसलाले पूर्वराष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभएमा उनले जेलमा नै मृत्युलाई पर्खनुको विकल्प हुने सम्भावना कम छ ।

उनलाई जेलमा फिर्ता लान प्रहरी उनको सियोलस्थित घरमा पुगेको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण बताउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए । उनको उक्त अनुरोधलाई स्वीकार्दै प्रहरीले सोमबार हिरासतमा लिने जनाएको छ ।

अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरुप दक्षिण कोरियाका चारै जना पूर्वराष्ट्रपतिहरू या त जेलमा छन् वा जेल सजाय पाएका छन् ।

लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ वर्षका लागि सजाय तोकिएको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि जमानतमा रिहा गरिएको थियो ।

अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकेको हो । लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि सम्लग्न रहेको आरोप लागेको छ ।


कस्तो लाग्यो ?

यो पनि