बैशाख १५, २०८१, शनिबार
               

युरोपा लिगमा आर्सनल विजयी

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

युरोपा लिग अन्तर्गत इंग्लिस क्लब आर्सनलले जित निकालेको छ ।समूह चरणको खेलमा आर्सनलले गएराति आफ्नै मैदानमा आइरिस क्लब डुन्डाल्कलाई ३-० गोलले पराजित गरेको हो ।

४२औं मिनेटमा एडीले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै आर्सनलले थप एक गोल गर्‍यो । ४४औं मिनेटमा जोएले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा भने आर्सनलले थप एक गोल गर्‍यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै आर्सनल घरेलु मैदानमा ३-० ले अगाडि बढ्यो । ४६औं मिनेटमा पेपेले जोएको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल आर्सनलले जितेको हो ।

समूह बी मा रहेको आर्सनलको २ खेलमा २ जितसहित ६ अंक रहँदा तालिकाको शीर्ष स्थानमा छ भने डुन्डाल्कले अहिलेसम्म जित निकाल्न नसक्दा तालिकाको पुछारमा छ । 


कस्तो लाग्यो ?

यो पनि