बैशाख १४, २०८१, शुक्रबार
               

आईपीएलमा हैदराबाद विजयी

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

यूएईमा जारी प्रतियोगिता अन्तर्गत दुबईमा बिहीबार राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा  हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा २ विकेटकाे क्षतिमार पुरा गर्‍यो ।

हैदराबादको जितमा पाण्डे र शंकरले अर्धशतकीय इनिङ्स खेले । पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे । रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १६ रनमा अविजित रहे ।

राजस्थानले अव आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । हैदराबादले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जितसहित पाँचौ स्थानमा उक्लिएको छ । साथै राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि