बैशाख १४, २०८१, शुक्रबार
               

बैङलोरले राजस्थानलाई ७ विकेटले हरायो

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैङलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।

जितका लागि १७८ रनको लक्ष्य पछ्याएको बैङलोरले ३ विकेट गुमाउँदै अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बैङलोरको पक्षमा खेल आएको थियो । 

अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सुरुवाती ३ बलमा ५ रन जोडेको बैङलोरका लागि डी भिलियर्सले चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए ।  जितसँगै बैङलोर १२ अंकसहित तेस्रो स्थानमा कायमै छ । समान १२ अंक नै भए पनि रन रेटका आधारमा मुम्बइ पहिलो र दिल्ली दोस्रोे स्थानमा छन् । राजस्थान ६ अंकसहित सातौँ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि