बैशाख १४, २०८१, शुक्रबार
               

अफगानिस्तानमा १३ जना आतंकवादी मारिए

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काबुल । अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो । 

प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर अहमाडजैले बिहीबार दिएको जानकारी अनुसार झण्डै दुई हप्ता अगाडि तालिबान लडाकूहरुले आक्रमण गरेकाले सरकारी पक्षले अहिले सुरक्षा कारबाही चलाएको थियो । सुरक्षा कारबाही चलाउनका लागि सैनिक र प्रहरीको टोली बुधबार परिचालन गरिएको पनि उनले जानकारी दिए । त्यही सुरक्षा कारबाहीका क्रममा १३ जनाको मृत्यु भएको पनि उनले स्पष्ट पारे ।  

अफ्गानी सुरक्षा अधिकारीहरुले सुरक्षा कारबाहीका क्रममा आफ्नो तर्फ भने कुनै क्षति नभएको दाबी गरेका छन् । त्यस क्षेत्रमा सुरक्षा कारबाही अझै पनि जारी रहेको पनि उनीहरुले जनाएका छन् । घटनाका बारेमा तालिबान विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि