बैशाख १५, २०८१, शनिबार
               

आइपिएलमा खेलाडी एकपछि अर्को चोटग्रस्त

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोना भाइरसका कारण युएईमा भइरहेको आइपीएललको १३औं सिजन खेलाडीका लागि सुरूदेखि नै कष्टपूर्ण भइरहेको छ । अहिलेसम्मका पाँच खेल भएकामा खेलाडीहरू एकपछि अर्को गर्दै चोटग्रस्त बनिरहेका छन् ‌।​

खेलाडीहरू लगातार घाइते हुन थालेपछि आइपिएल प्रतिष्पर्धाका हिसाबले भन्दा पनि चोटका कारण चुनौतीपूर्ण बन्ने जोखिम बढेको छ ।

यसबीच सनराइजर्स हैदराबादका अलराउन्डर मिशेल मार्श एंकल इन्जुरीका कारण प्रतियोगिताबाट निस्किएका छन्‌ । उनलाई रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खे0ल दौरान चोट लागेको थियो । उनको स्थान अहिले वेस्टइन्डिजका जेसन होल्डरले लिएका छन्‌ । ​

मिशेललाई चोट लागेपछि सनराइजर्सले ट्विटमा लेखेको छ, 'मिसेल मार्श चोटको कारण टिमआउट भएका छन् । हामी उनी चाँडो निको हुने अपेक्षा गर्दछौं । उनको स्थानमा जेसन होल्डरलाई आइपीएलल २०२० को लागि छनोट गरिएको छ ।'

पहिलो ओभरमा नै चोट मार्श बैंगलोर विरुद्धको खेलमा पहिलो ओभरको चौंथो बलमा नै चोट बोक्दै  खेलबाट बाहिर भएका थिए। हैदराबादले उक्त्त खेल १० रनले हार्न पुगेको थियो । सनराइजर्शको दोस्रो खेल शनिबार अबुधाबीमा हुँदैछ । 

दिल्ली क्यापिटल्सका रविचन्द्रन अश्विन पनि आइतबार किंग्स इलेवेन पन्जाब विरुद्धको खेलमा घाइते भए । एजेन्सीहरूका अनुसार उनले काँधको चोट बोक्न पुगेका छन् । जसका कारण उनले केही खेल गुमाउने सम्भावना रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि