बैशाख १५, २०८१, शनिबार
               

जापानी प्रधानमन्त्री सिन्जो आवेद्वारा राजीनामाको घोषणा

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।  

प्रधानमन्त्री आवेले जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गरेका थिए ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर, आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले त्यतिबेला स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा पुन: प्रधानमन्त्री बनेका आवे आठ वर्षसम्म प्रधानमन्त्री बने ।  पैँसठ्ठी वर्ष पार गरेका आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि