बैशाख १४, २०८१, शुक्रबार
               

आज च्याम्पियन्स लिगका दुई खेल, रियल र युभेन्ट्स दबाबमा

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भएको युईएफए च्याम्पियन्स लिग आजबाट पुन: सुचारु हुँदैछ ।

आज च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा ला लिगाको विजेता रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, सिरी ए च्याम्पियन युभेन्ट्स र लियोन एक आपसमा भिड्दै छन् ।


नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे सुरु हुने खेलमा पहिलो लेगमा पराजित रियल र युभेन्ट्स दबाबमा रहेका छन् ।

पहिलो लेगमा रियलविरुद्ध २–१ गोल अन्तरको जीत हात पारेको सिटी केही दबाबमुक्त रहेपनि रियलले अन्तिम आठमा स्थान बनाउन जीत हात पार्नै पर्नेछ।

रियल र सिटीले यसअघि फेब्रुअरी २६ मा भएको थियो । इथ्हाड रंगशालामा यो सहित तेस्रोपटक सिटी र रियल आमने सामने हुँदैछन् । सिटीको घरेलु मैदानमा खेल भए पनि दर्शक भने हुने छैनन् ।

यस्तै, दोस्रो लिग पोर्चुगलमा खेल्न लागेका युभेन्ट्स र लियोन पनि अन्तिम ८ का लागि संघर्ष गर्नेछन् । यसअघि पहिलो लिगमा १–० गोल अन्तरले पराजित भएको युभेन्ट्स आजको खेल उल्टाउँदै अन्तिम आठमा लागि खेल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि