बैशाख १४, २०८१, शुक्रबार
               

कोरोना महामारीमा खेलाडी सम्मानको होड : न मास्क, न सामाजिक दूरी

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाको महामारी चलिरहेको छ । लामो लकडाउनपछि चहलपहल हेर्दा सामान्य नै अवस्था पो आइसकेको हो कि जस्तो देखिन थालेको छ। तर कोरोनाको जोखिम अझ बढ्ने देखिन्छ ।

केही अभ्यासलाई छाड्ने हो भने खेलकुदका गतिविधि ठप्प छन्। लकडाउनकै बीच नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आयो । ऐन कार्यान्यवनसँगै खेलकुद परिषदमा सदस्य सचिव, उपाध्यक्ष तथा बोर्ड सदस्यलगायतका पद केही समय पदाधिकारीबिहीन पनि बन्यो । तर, ती पदहरुमा अहिले केही नयाँ अनुहार र केही पुरानै अनुहार आएका छन् ।

यसैबीच नयाँ पदाधिकारीहरुलाई सम्मान गर्ने होड पनि चलेकै छ। भलिबल संघ, फुटबल संघलगायतका संघहरुले पदाधिकारी सम्मानमा लागि परेका छन् । जसमा सामाजिक दूरी र कोरोनाको जोखिममाथिको अवमूल्यन देख्न सकिन्छ ।

केही दिनअघि नेपाली कांग्रेसले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमको दृश्य पनि डरलाग्दो देखिन्थ्यो । सानो हलमा कोचाकोच मानिसहरुको भीड थियो । सामाजिक दुरी कायम नभएको देख्दा लाग्थ्यो मानौं कोरोनाकाल सकियो। अब कुल भएर हिँडे हुन्छ ।

यो पनि