बैशाख १४, २०८१, शुक्रबार
               

विश्व चर्चित गोलरक्षक क्यासिलासले फुटबलबाट लिए सन्यास

एजेन्सी
साउन २१, २०७७

ADVERTISEMENT

विश्व चर्चित स्पेनिस गोलरक्षक इकार क्यासिलासले फुटबलबाट सन्यास लिएका छन् । ३९ वर्षका क्यासिलासले मंगलबार फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

क्यासिलासलाई एक महान गोलरक्षकको रुपमा पनि लिने गरिन्छ । रियल मड्रिडमा १६ वर्ष आवद्ध भएका क्यासिलासले ३ च्याम्पियन्स लिग तथा पाँच ला लिगा उपाधि हात पारेका थिए ।

सन् २०१० मा विश्वकप जितेका क्यासिलासले सन् २००८ र सन् २०१२ मा युरोपियन च्याम्पियनसिप हात पारेका थिए ।सन् २०१५ मा पोर्टो क्लबमा आवद्ध भएका क्यासिलासलाई सन् २०१९ को अप्रिलमा हृदयघात भएको थियो त्यसयता उनी फुटबल मैदानमा अभ्यासका लागि गएका थिएनन् । 

यो पनि