बैशाख १४, २०८१, शुक्रबार
               

भारतको अनुमतिपछि युएईमा आइपिएल हुने पक्का

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

 

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपिएल) टी-ट्वान्टी क्रिकेट युएईमा हुने पक्का भएको छ ।

कोरोना भाइरसको महामारीले भारतमा हुन नसकेको १३औँ संस्करणको आइपिएल युएईमा गर्न भारत सरकारले अनुमति दिएको छ ।

आईपिएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपिएल आयोजनाका लागि अनुमति पाएको हो ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आईपिएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताइसकेको थियो । बिसिसिआईको उक्त प्रस्ताव भारत सरकारले स्वीकार गरेको हो ।

आईपिएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा पहिलो चरणको खेलहरु युएईमा भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि