बैशाख १४, २०८१, शुक्रबार
               

एफ ए कपको उपाधि आर्सनलले उचाल्यो

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । एफ ए कपको उपाधि आर्सनलले जितेको छ । गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २–१ गोलले पराजित गरेको हो । आर्सनलाई उपाधि दिलाउन पिइरी एमरिक आबुमियाङले दुई गोल गरे ।

खेलको पाँचौ मिनटमा चेल्सीका क्रिस्टीयन पुलिसीचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर २८ औँ मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफ बराबरीमा सकिएको थियो ।  त्यसपछि खेलको ६७ औँ मिनेटमा आबुमियाङले नै ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यो गोल नै निर्णायक बन्यो ।

यो सँगै आर्सनलले १४ औँ पटक किर्तिमानी एफ ए कपको उपाधि उचालेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि