बैशाख १५, २०८१, शनिबार
               

राखेप सदस्यसचिव नियुक्ति प्रक्रियामा कारण देखाऊ आदेश

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रक्रियामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव भएका रमेशकुमार सिलवाललाई नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

पूर्वखेलाडी तथा प्रशिक्षक सिन्धुलीका टीकादत्त दाहालले राखेपसमेतलाई विपक्षी बनाउँदै रिट दायर गरेको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले प्रश्न उठाउँदै कारण देखाउन आदेश दिएको हो ।

न्यायाधीश भट्टराईको एकल इजलासले मंगलबार लिखित जवाफ १५ दिनभित्र पेश गर्न आदेश गरेको हो । सिलवाललाई सोमबारको मन्त्रिपरिषद् बैठकले राखेपको सदस्य सचिवमा पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । 

सिलवालले अन्तिम सिफारिसमा परेका लिलबहादुर थापामगर र अन्जु श्रेष्ठलाई पछि पारेका थिए।


कस्तो लाग्यो ?

यो पनि