बैशाख १४, २०८१, शुक्रबार
               

विपक्षी खेलाडीलाई टोक्दा प्याट्रिकमाथि १० हजार युरो जरिवानासहित चार खेलको प्रतिबन्ध

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

विपक्षी टिमका खेलाडीलाई टोकेका इटालियन सिरी ए क्लब लाजिओका डिफेन्डर प्याट्रिकमाथि चार खेलको प्रतिबन्ध लागेको छ । यस्तै उनले १० हजार युरो जरिवाना तिर्नुपर्ने भएको छ ।

उनले ला सिरी ए फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा चिलेका जुलिओ दोनातीको पाखुरामा टोकेका थिए । लगत्तै प्याट्रिकले सीधै रातो कार्ड पाएका थिए । सो खेलमा लाजिओ २–१ ले पराजित भएको थियो ।२७ वर्षका प्याट्रिक सन् २०१५ मा बार्सिलोनाबाट लाजिओ गएका हुन् । दोस्रो स्थानको लाजिओका उनले जुलाई २० मा शीर्ष स्थानको युभेन्टससँग हुने खेल खुमाउने भएका छन् ।

प्याट्रिकले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरो व्यवहारका लागि माफी चाहन्छु । मैले नियतवस गरेको होइन ’

दोनातीले माफी स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘उच्च तनावका बेला यस्ता कुरा हुन्छन् । तर, कसैले गल्ती स्वीकार गरेर माफी माग्छ भने त्यो सकिन्छ र कुनै खराब मनोभाव रहँदैन ।’


कस्तो लाग्यो ?

यो पनि